(JAPAN) 17 th July | 2019 | Wednesday | 7:20:14 PM
(Nepal) 17 th July | 2019 | Wednesday | 4:05:14 PM
 

जापानी संस्थाको आयोजनामा नेपाली मौलिक सांगीतिक कार्यक्रम-टोकियोमा सारंगि, तबला, मादल र बासुरीको धुन गुञ्जंदै

  POSTED ON : Saturday, 11 May, 2019 | Views : 496

जापानी संस्थाको आयोजनामा नेपाली मौलिक सांगीतिक कार्यक्रम-टोकियोमा सारंगि, तबला, मादल र बासुरीको धुन गुञ्जंदै


टोकियो ।

नेपालमा स्वास्थ्य क्षेत्रमा सहयोग र जनचेतनामुलक कार्यक्रम गर्दै आएको जापानी स्वयंसेवी संस्थाको पहलमा जापानमा पहिलो पटक नेपाली मौलिक सांगितिक कार्यक्रम हुने भएको छ ।

नेपाली मौलिक बाजाहरु सारंगी, तबला, मादल देखी बाँसुरी सम्मको धुन संगितका साधकहरुबाटै एकसाथ गुञ्जाएर टोकियोवासी नेपालीहरुलाई मनोरञ्जन दिलाउने संयोजन गरेको हो 'जेआइयसपि' नामको जापानी संस्थाले ।

नेपालमा २०७२ सालमा गएको विनासकारी भुकम्प पश्चात् मनोसामाजिक, शिक्षा, जनस्वास्थ्य र भुकम्पबा प्रभावितहरुको पुर्नस्थापनाको क्षेत्रमा काम गरिरहेको सेन्दाई स्थित जापान इन्टरन्यासानल सपोर्ट प्रोग्राम ९ जे आइ यस पि ० ले टोकियोमा नेपाली सांगीतिक कार्यक्रम सहितको च्यारिटी डिनर कार्यक्रम गर्ने भएको हो ।

आगामी जुन २३ तारिख आईतवार हामामाच्यो स्थित मन्दिर रेस्टुरेन्टमा कार्यक्रम हुने भएको छ ।

नेपाली मौलिक बाजाहरुको धुन गुञ्जाउनको लागि नेपालबाट स्मृति समूहका कलाकारहरु आउने भएका छन् । जसमा समूहका प्रिन्स नेपाली 'सारंगी' ,बाबुराजा महर्जन 'तबला, मादल', बिनय महर्जन 'बासुरी' ले आफ्नो प्रस्तुति दिनु हुनेछ ।

पूर्णतया नेपाली बाजागाजा सहितको मौलिक नेपाली सांगीतिक कार्यक्रममा सहभागीताको लागि आयोजकले जापानवासी नेपालीहरुमा अनुरोध समेत गरेको छ ।

कार्यक्रममा सहभागीता जनाउन चाहनेहरुले सांगीतिक कार्यक्रमको टिकट तलको लिंकबाट किन्न सक्नुका साथै तल उल्लेखित मोबाईल नम्वरमा फोन गरेर टिकट र कार्यक्रमबारे जानकारी लिन सक्नुहुनेछ ।

सांगीतिक कार्यक्रमबाट उठेको रकम नेपालका परियोजनाहरुमा नै प्रयोग गरिने आयोजकले बताएको छ ।

जापान इन्टरन्यासानल सपोर्ट प्रोग्राम 'जे.आइ.यस.पि.' ले नेपालमा काठमाडौँ , भक्तपुर, सिन्धुपाल्चोक र सप्तरी जिल्लामा स्वास्थ्यका विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।

संस्थाले नेपाल बाहेक जापानको तोहोकु, कुमामोतो सहित केन्या र बंगलादेशमा पनि काम गर्दै आएको छ ।

संस्थामा जापानमा रहेर नेपालीहरुलाई स्वास्थ्य जनचेतना तथा स्वास्थ्य शिविरहरु आयोजना गरेर स्वस्थ रहन सचेत र सहयोग पुर्याउँदै आउनुभएका चर्चित मानसिक स्वास्थ्य तथा मनोसामाजिक बिज्ञ डा.विजय ज्ञवाली कार्यरत हुनुहुन्छ ।

लिंक- https://jisp-smriti-event.peatix.com/

सम्पर्क – ०९०-८०५४-७४०४ डा.विजय ज्ञवाली