(JAPAN) 17 th July | 2019 | Wednesday | 7:20:28 PM
(Nepal) 17 th July | 2019 | Wednesday | 4:05:28 PM
 

लोक तथा दोहोरिगित प्रतिष्ठान जापान शाखाको आयोजनामा मे १९ मा विशेष सांगितिक सांझ हुँदै

  POSTED ON : Monday, 06 May, 2019 | Views : 147

लोक तथा दोहोरिगित प्रतिष्ठान जापान शाखाको आयोजनामा मे १९ मा विशेष सांगितिक सांझ हुँदै


लक्ष्मि पौडेल-टोकियो, जापान ।

राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठान नेपाल अन्तर्गतको जापान शाखाले केन्द्रिय भवन निर्माणको सहयोगार्थ जापानको राजधानी टोकियोमा विशेष सांगितिक सांझ गर्ने भएको छ ।

मे महिनाको १९ तारिख आइतवार सिनओकोबु स्थित टोकियो रोधी घरमा कार्यक्रम गरिन लागिएको शाखाका सचिब नारायण कंडेलले जानकारी दिनुभयो ।

विशेष सांगितिक कार्यक्रम काठमाडौंको टोखामा करिब ८३ लाखको लागतमा बन्न लागेको राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठान केन्द्रिय भवनको सहयोगको लागि  गर्न लागिएको जापान शाखाका अध्यक्ष युवराज आचार्यले बताउनुभयो ।

काठमाण्डौको टोखामा बन्ने भवनको शिलान्यास नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गर्नुभएको थियो ।

सुविधासम्पन्न हल सहित ५ कोठा रहने दुई तले भवन निर्माणको काम अघि बढिसकेको बताईएको छ ।

टोकियोमा हुने कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गरिएको भन्दै अध्यक्ष आचार्यले सबै जापानवासी नेपालीहरुमा उपस्थितिको लागि अनुरोध गर्नुभएको छ ।

विशेष सांगितिक कार्यक्रम मे १९ तारिख आईतबार टोकियो सिनओकुबो स्थित टोकियो रोधिघरमा हुने भएको छ । कार्यक्रम दिउँसो ४ बजेबाट सुरु हुने र रातको ११ बजेसम्म जारी रहने छ ।