(JAPAN) 25 th May | 2019 | Saturday | 2:38:03 PM
(Nepal) 25 th May | 2019 | Saturday | 11:23:03 AM
 

शिवराज र अंशको प्रेम कथा रोशनको क्यामेरामा कैद, समिरले गाए प्रिय तिमिले (भिडियो सहित)

  POSTED ON : Thursday, 02 May, 2019 | Views : 538

शिवराज र अंशको प्रेम कथा रोशनको क्यामेरामा कैद, समिरले गाए प्रिय तिमिले (भिडियो सहित)


टोकियो ।

शिवराज भट्टराई र अंश क्षेत्रीको प्रेम कथाको प्रिय तिमिले सार्वजनिक भएको छ ।

शिव र अंशको आफ्नै प्रेम कथा भन्दापनि मनोज केसीको शब्द रचनामा समीर बिकले गाएको नयाँ गित प्रिय तिमिले २ को प्रेम कथाको यो जोडिले अभिनय गरेको हो ।

रोशन कार्कीको निर्देशनमा जापानमा निर्माण गरिएको म्युजिक भिडियो नेत्र ईन्टरटेनमेन्टको प्रस्तुतीमा युट्युवबाट सार्वजनिक भएको हो ।

आधा दर्जन म्युजिक भिडियो तथा केही छोटो चलचित्रहरुमा समेत अभिनय गरिसकेका शिवराज र अंशको अभिनयलाई सुन्दर ढंगले क्यामेरामा कैद गरेर रोशन कार्कीले निर्माण गरेका हुन् ।

जापानमा व्यवसायिक रुपमै म्युजिक भिडियो तथा कार्यक्रमहरुको भिडियो निर्माण गर्दै आएका कार्की सहित शिवराज र अंश तीनैजना जापानलाई कर्मथलो बनाएर म्युजिक भिडियो तथा केही छोटो खालको सन्देशमुलक चलचित्र निर्माण तथा अभिनयमा सक्रिय रहँदै आएका छन् ।

कोसिस क्षेत्रीको संगीत र नेत्र गुरुगंले सम्पादन गरेको म्युजिक भिडियो हाइलाइट्स नेपालले आफ्नो युट्युव मार्फत सार्वजनिक गरेको हो ।