(JAPAN) 25 th May | 2019 | Saturday | 2:18:06 PM
(Nepal) 25 th May | 2019 | Saturday | 11:03:06 AM
 

मोना नाईट जापान-शिव आउँदा जुरुक्कै, ज्योती भन्दा हुरुक्कै, गगनलाई पत्याए (भिडियो सहित)

Gokarna Adhikari   POSTED ON : Tuesday, 30 April, 2019 | Views : 171

मोना नाईट जापान-शिव आउँदा जुरुक्कै, ज्योती भन्दा हुरुक्कै, गगनलाई पत्याए (भिडियो सहित)


टोकियो ।

गगन पुनको पहिलो जापान यात्राको पहिलो प्रस्तुति थियो नाकानो जेरो हलमा भएको मोना नाईट ।

सोमबारको त्यो प्रस्तुती गगनको लागि लक भयो भनौं वा जापानवासी युवाको मन छन छुन सके उपस्थित सबै दर्शकले उनलाई गितमा साथ दिए र सँगै नाचे स्टेजमा अनि सँगै रमाए ।

खुलेको उनको स्वरमा सालैजो भाका गुञ्जिदा मन छोएका दर्शकले दक्षिणा समेत दिन भ्याए ।

टोकियोका दर्शकले पत्याएर साथ दिंदा आधा दर्जन गीत गायन अवधिभर खुशी र उत्साहित देखिएका गगनको यो प्रस्तुतीले अन्य शहरमा हुन लागेको सांगितिक यात्रामा उनलाई हौसला मिलेको त छ नै उनको आगामी जापान यात्रालाई समेत बाटो खुलिदिएको छ ।

ज्योती भन्दा युवा जुरुक्कै


ज्योती मगरलाई अपेक्षा गरे भन्दा केही फरक नेपाली परम्परागत पहिरनमा स्टेजमा देखिँदा केही थामिएर बसेका दर्शक पहिलो गितमा झुमिरहेका भने देखिन्थे ।

दोस्रो गित गाएपछि थप गितको लागि केही सेकेण्ड स्टेजबाट हराएकी ज्योति मगर अकस्मात उनको पहिचान बनाएको छोटो कपडाको उत्ताउलो शैलिमा देखा परिन् ।

अवतार फेरेर छिनमै पिरतिमा दम छ बोलको गित लिएर आएकी ज्योतिलाई साथ दिन छिनभरमै स्टेजमा युवाहरुको भिँडनै जम्मा भयो ।

पछिल्लो समय लगातार मोटाएको देखिएकी ज्योतिलाई गितसँगै नाच्न केही असहज जस्तो देखिएपनि दर्शकलाई मनोरञ्जन दिन कुनै कन्जुस्याईं नगरेकी उनले उहि मुलाको सिन्की, उहि मुलाको चाना, चोरी खान पल्केको त्यो ढाडे बिरालो लगायत गितमा सबैलाई हुरुक्कै हुनेगरि नचाईन् ।

स्टेजको चारै फेर घुमेर झुम्मिएका दर्शकसँगै नाच्न भ्याएकी ज्योतीले दर्शक दिर्घामा समेत पुगेर जालि रुमाल, सोल्टीलाई बैना भो देखी जिम्मलवाउकी छोरी गितमा सबै दर्शकलाई नचाईन् ।


शिवलाई सबैको स्वागत, हल जुरुक्कै उठ्दा स्टेजमा युवतीले घेरे


स्टेज प्रवेशसँगै दर्शकको गडगडाहट ताली र गुज्यायमान स्वरले स्वागत पाएका शिव परियारले आफ्ना दर्जनौं सदावहार अनि सबै उमेर समुहले गाउने पचासौं लोकप्रिय गीत मध्ये आधा दर्जन गितका शिर्ष भाका गाएर सुरुवातमा दर्शकलाई मन्त्र मुग्ध बनाए ।

आँसुको अर्थ के थाहा रुवाई जानेलाई बोलको प्रेम अनि बिछोडका बेदना गाएर उपस्जित दर्शकलाई मन्त्र मुग्ध बनाएका शिव दोस्रो गितबाट भने नयाँ रुपमा देखा परे ।

दर्शकलाई जुरुक्कै बनाउँदै पाकेर खाएको मायाँ मिठो, काँच्चैमा लाको मायाँ मिठ्ठो गित गाएसँगै शिव परियार स्जेटमै युवतीहरुबाट घेरिन पुगे ।

बेहोस् पछि त होस् मा आउँदा सहित हरेक गितका शब्द र संगितमा दर्शकको साथ र मायाँ पाएका शिवले मायाँसँगै दर्शकको मन जित्दै कोशेलीमा नगद पुरस्कार समेत पाए । शिरमा बाँधिदिएको दोसल्लाको फेटामा दर्शकबाट मायाँ स्वरुप पाएका जापानी येनका लहरै नोटहरु जस्तै युवतीहरुले अघिपछि र घेरा लगाएर नाच्दा स्टेजको माहौलनै रंगिन बन्न पुगेको थियो ।

सांगितिक माहोललाई तताउँदै शिव परियारले तिम्लाई हुन्छ हुँदैन, मेरो मायाँले छुन्छ छुँदैन, सुनको मायाँ चाँदिको थालैमा, एक चुम्बन मेरो कान्छिको गालैमा लगायत नयाँ लोकप्रिय गितहरु गाउँदा नाच्नको लागि स्टेज र स्टेज अघि खचाखच दर्शकको भिड लागेको थियो ।

समय अभावका कारण आधा दर्जन मात्र गित गाएका शिव परियारले अन्तिम समयमा मंगली जाला जोवन गली बोलको नयाँ गित गाएर दर्शकलाई झुमाएका थिए भने त्यसअघि उनको सदावहार लोकप्रिय गीत पिउँदिन भन्दा भन्दै पिलायो साथीले गाएका थिए । दर्शकबाट वान्समोरको लगातार मागका बिच फेवातालमा साईंली, दिल चोरेर फरार भो लगायत गित गाउने योजना बनाएपनि शिव परियारले समय अभावले गाउन पाएनन् ।

अझै शिव परियारसँगै स्टेजमा रमाएर नाच्न चाहने टोकियोका उनका फ्यान र संगित पारखीहरुले म्याग्दी प्रवासी नेपाली संघ मोना जापानको मोना नाईटमा समय अभावले नपाएपनि नागोयामा रहेका नेपालीहरुले भने मे १ तारिखमा पाउने भएका छन् ।

सम्पूर्ण भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

https://www.youtube.com/japansamachar