(JAPAN) 26 th April | 2019 | Friday | 7:10:30 PM
(Nepal) 26 th April | 2019 | Friday | 3:55:30 PM
 

मिस नेपाल जापानको उपाधि प्रेमिसा तामाङलाई, रितु बनिन् फस्ट रनरअप (भिडियो सहित)

  POSTED ON : Tuesday, 09 April, 2019 | Views : 342

मिस नेपाल जापानको उपाधि प्रेमिसा तामाङलाई, रितु बनिन् फस्ट रनरअप (भिडियो सहित)


टोकियो ।

दोस्रो मिस नेपाल जापानको उपाधि प्रेमिसा तामाङले जितेकी छिन् ।

प्रमिसा तामाङले अन्तिम ८ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जितेकी हुन् ।

राजधानी टोकियोको नाकानो जेरो हलमा गत आईतबार सम्पन्न भएको ग्राण्ड फिनालेमा अवार्ड बिजेता तामाङलाई मिस एण्ड मिसेस नेपाल जापान २०१८ बिजेता अनन्य गुरुङले ताज पहिराई दिएकी थिइन् 

सो अवसरमा मिस नेपाल २०१८ बिजेता श्रृंखला खतिवडाले दोसल्ला ओडाएर सम्मान गरेकी थिइन् ।


यसैगरि मिस नेपाल जापान फस्ट रनरअपको ताज रितु गौतमले जितिन् ।


सेकेण्ड रनरअप भने आयुसा फुलेल भईन् ।


पब्लिक च्वाईसको अवार्ड निना राईले जित्न सफल भईन् ।


बिजेताहरुलाई नगद सहित पदक र प्रमाणपत्रले सम्मान गरिएको थियो ।