(JAPAN) 21 st July | 2019 | Sunday | 9:25:06 AM
(Nepal) 21 st July | 2019 | Sunday | 6:10:06 AM
 

लोकप्रिय बन्दै कान्छि फकाउने राजिवको कला

  POSTED ON : Sunday, 31 March, 2019 | Views : 238

लोकप्रिय बन्दै कान्छि फकाउने राजिवको कला


टोकियो ।

जापानमा रहेर नेपाली पप आधुनिक गीतमा मौलिक श्रृजना पस्कँदै आएका गायक राजीव लामाको कान्छि सुननलाई युट्युवमा करिव १० हजार दर्शकले हेरेका छन् ।

युट्युव मार्फत आफ्नो तेस्रो गित सार्वजनिक गरेका लामाको गीतलाई तीन दिनमा करिव १० हजार दर्शकको साथ मिलेको हो ।

सामाजिक सञ्जाल फेसबुकका दर्जन बढी पेजमा सेयर हुँदा दशौं हजार भिउवर पाएको गीत मार्फत गायक लामाले आफ्नी मायाँलु कान्छिलाई मायाँ अभिव्यक्त गरेका छन् ।

आफ्नो गाउँघर, भिरपाखा, डाँडा भञ्ज्यागं एवं खोलानालामा सँगै हुर्किबढेर प्रेम साटासाट गरिएकी कान्छिलाई प्रेम भाव पोखेको गीतको शब्द सिर्जना गायक स्वयंमको रहेको छ ।

गीतमा संगितसमेत आफैंले भरेका गायक राजिवलाई एरेन्जमेन्टमा विशेष पाण्डेले साथ दिएका छन् भने बियट ब्याण्डका थुजे दोन्दुपले र्याप मिसाएका छन् ।

यसअघि वन लभ टोकियो तथा साथी रेलैमा बोलको दुईवटा गीत मार्फत नेपाली सांगितीक क्षेत्रमा प्रवेश गरेका राजीवले त्यसलाई निरन्तरता दिंदै तेस्रो गित सार्वजनिक गरेका हुन् ।

गीतको भिडियोमा एनिमेसन तथा ग्राफिक्स डिजाईनको प्रयोग कलात्मक ढंगले गरिंदा भिडियो हेर्ने दर्शकले दृश्य भिडियो सामग्रीको कमी महशुस गर्न पाउनेछैनन् ।

कर्मथलोको रुपमा जापानमा रहेर नेपाली संगीत क्षेत्रमा लाग्दै आएका गायक लामाले आफ्नो गायनयात्रालाई अझै निरन्तरा दिने बताउनुभयो ।

कान्छी सुनन गितको भिडियो हेर्नुभएका दर्शकबाट प्राप्त सुझाव, सल्लाह र हौसलाले यस क्षेत्रमा लाग्न थप प्रेरणा मिलेको बताउँदै गायक राजिवले अर्को गितको तयारी गरिरहेको बताउँदै उक्त गित भने म्युजिक भिडियो सहितको हुने बताउनुभयो ।