(JAPAN) 26 th April | 2019 | Friday | 6:44:00 PM
(Nepal) 26 th April | 2019 | Friday | 3:29:00 PM
 

मिडिया म्यूजिकल मेलाको तयारी अन्तिम चरणमा, गायिका रितु थापा जापान आउँदै

  POSTED ON : Saturday, 30 March, 2019 | Views : 82

मिडिया म्यूजिकल मेलाको तयारी अन्तिम चरणमा, गायिका रितु थापा जापान आउँदै


टोकियो ।

टोकियोमा हुन लागेको मिडिया म्यूजिकल मेला २०१९ साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

यहि मार्च ३१ तारीख आईतवार पहिलो पटक मातृ सन्देशडटकमले आफ्नो तेस्रो वार्षिकोत्सव अबसरमा जापानमा आयोजना गर्न लागेको मिडिया म्यूजिकल मेला २०१९ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।

यसको लागि साँस्कृतिक मेलामा नेपालवाट चर्चित गायिका तथा मोड्ल रितु थापा मगर शनिवार टोकियो आईपुग्ने भएकी छिन ।

साथै जापानमा रहनु भएका गायक तथा संगीतकार रामकृष्ण बम मल्ल,लोक गायक युवराज आचार्य,परदेशी गायक सूर्य खड्का,मोडल तथा गायिका सोना केसी ,गायक चेतन घर्ती मगर लगाएतको विशेष प्रस्तुति रहने जनाएको छ ।

गायक अमृत खाती,गायिका स्मृति गौतम भने प्राविधिक कारणले आउन नपाउने भएका छन् ।

मिडिया पहिचान प्रालिले संचालन गर्दै आएको मातृ सन्देश डट कम अनलाईन पत्रिकाको उक्त मीडिया ग्रूपले टोकियोमा कालिका इन्टरनेशनल कम्पनी जापानको व्यवस्थापनमा मिडिया र संगीत क्षेत्रलाई आम दर्शकहरुमाझ अझ नजिक बनाउन सो मेला गर्न गईरहेको प्रवन्ध निर्देशक तथा कार्यक्रम संयोजक विजय थकालीले जानकारी दिनुभयो ।


नेपाली कला संस्कृतिलाई संरक्षण गर्दै उक्त कार्यक्रमको आम्दानीले नेपालको टुहुरा तथा असाय बालवालिकालाई शैक्षिक सामाग्री सहयोग गर्ने मातृ सन्देश डट कमका प्रधान सम्पादक शान्त पहरीले बताउनुभयो ।

राष्ट्रीय युवा परिषद्, नेपाल पत्रकार महासंघ जापान र माया रेष्टुरेण्ट जापानको विशेष सहकार्यमा हुन लागेको उक्त साँस्कृतिक कार्यक्रममा उपस्थितिको लागि जापानवासी नेपालीहरुमा हार्दिक अनुरोध गरेको छ ।