(JAPAN) 21 st July | 2019 | Sunday | 9:01:26 AM
(Nepal) 21 st July | 2019 | Sunday | 5:46:26 AM
 

जापानमा तय भएको धुर्मुस-सुन्तली साँझ स्थगन, यस्तो छ कारण

  POSTED ON : Saturday, 30 March, 2019 | Views : 249

जापानमा तय भएको धुर्मुस-सुन्तली साँझ स्थगन, यस्तो छ कारण


जापान ।

चितवन जिल्लामा धुर्मस-सुन्तलि फाउन्डेसनले बनाईरहेको “गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला” निर्माण सहयोगार्थ जापानमा हुन लागेको धुर्मुस सुन्तली साँझ स्थगित भएको छ ।

यहि आउदो नेपाली नयाँ बर्ष २०७६ को अवसर पारेर टोक्यो लगायत जापानका तीन ठुला शहर मा चितवन समाज जपानले आयोजना गर्ने भनिएको “धुर्मुस सुन्तलि साँझ २०१९” नामक सास्कृतिक कार्यक्रम तत्कालको लागि स्थगन भएको हो ।

कार्यक्रम वृहत बनाउनका लागि समय अपुग भएकोले व्यापक तयारीका लागी हालको कार्यक्रमको मिति परीवर्तन गर्नुपर्ने देखिएकोले पूर्व घोषित कार्यक्रम स्थगित गरिएको आयोजकले बताएको छ ।

छिट्टै नयाँ मिति ,समय र स्थान घोषणा हुने भन्दै आयोजकले विगतमा जस्तै यस पटक यो राष्ट्रिय गौरबको परीयोजना “गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला “निर्माण गर्ने महाअभियानमा सबै जापानवासी नेपालीहरु बाट सहयोग र साथ पाउने विश्वास व्यक्त गरेको छ ।