(JAPAN) 25 th May | 2019 | Saturday | 1:52:00 PM
(Nepal) 25 th May | 2019 | Saturday | 10:37:00 AM
 

सन् १९०३ मा जन्मेकी जापानी बनिन् विश्वकै बृद्ध महिला, नेपालकी बाटुली ओझेलमा

  POSTED ON : Saturday, 09 March, 2019 | Views : 222

सन् १९०३ मा जन्मेकी जापानी बनिन् विश्वकै बृद्ध महिला, नेपालकी बाटुली ओझेलमा


टोकियो-जापान ।

विश्वको सबैभन्दा बृद्ध महिलाको रेकर्ड जापानी नागरिक काने तानाकाले बनाएकी छिन् ।

शनिवार विश्वकै जेष्ठ महिलाको रेकर्ड बनाएकी तानाका १ सय १६ वर्षको पुगेकी छिन् ।

गिनिज बुक अफ र्वल्ड रेकर्डका अनुसार फुकुओका निवासी तानाकालाई नर्सिङहोममा रहेकै अवस्थामा त्यहीँ पुगेर विश्वकै ज्येष्ठ महिलाको प्रमाणपत्र प्रदान गरिएको छ ।

विश्वकै बृद्ध महिला बनेकी तानाका सन् १९०३ को जनवरी २ मा जन्मेकी हुन् । सन् १९२२ मा हिदेओ तानाकासंग बिहे गरेकी तानाकाको ४ सन्तान छन् भने उनले १ जना धर्म सन्तान समेत बनाएकी छिन् ।

स्मरणीय छ यसअघि समेत विश्वको सबैभन्दा जेष्ठ महिलाको रेकर्ड जापानकै नागरिकले बनाएकी थिईन् । १ सय १७ वर्षको उमेर रहेकी चियो मियाकोको गत जुलाईमा निधन भएको  थियो ।

गिनिज बुकका अनुसार हालसम्म सबैभन्दा लामो उमेरसम्म बाँच्ने महिला फ्रेन्च नागरिक हुन् । जियन्ने लुइस काल्मेन्ट नाम गरेकी उनी १ सय २२ वर्षमा निधन भएको थियो ।

हाल बिश्वकै ज्येष्ठ पुरुष भने कोही बन्न सकेका छैनन् । जापानकै होक्कईडो निवासी मासाजो नोनाकाको १ सय १३ वर्षको उमेरमा गत जनवरीमा निधन भएपनि विश्वका जेष्ठ पुरुष सदस्य खोजि भईरहेको गिनिज बुक अफ वल्र्ड रेकर्डले जनाएको छ ।

जापानका ११३ बर्षिय संसारकै बृद्ध व्यक्तिको निधन, नेपालकी ११६ बर्षिया बाटुली ओझेलमा