(JAPAN) 21 st March | 2019 | Thursday | 2:28:34 PM
(Nepal) 21 st March | 2019 | Thursday | 11:13:34 AM
 

बहुप्रतिक्षित चलचित्र 'क्याप्टेन' जापान चिबाको फुनाबासिमा प्रदर्शन हुँदै

  POSTED ON : Tuesday, 05 March, 2019 | Views : 136

बहुप्रतिक्षित चलचित्र 'क्याप्टेन' जापान चिबाको फुनाबासिमा प्रदर्शन हुँदै


चिबा-जापान ।

जापानमा बहुप्रतिक्षित चलचित्रको रुपमा लिईएको चलचित्र क्याप्टेन जापान चिबाको फुनाबासीमा पनि प्रदर्शन हुने भएको छ ।

गत शुक्रबारबाट नेपालमा भव्य प्रदर्शन भईरहेको चलचित्र क्याप्टेन राजधानी टोकियो सहित जापानको प्रमुख शहरहरुमा प्रदर्शन तयारी भईरहँदा फुनाबासीमा प्रदर्शनको मिति तय भएको हो ।

लोकप्रिय नायक अनमोल केसीको अभिनय रहेको चलचित्रलाई टुकी इन्टरटेन्टमेन्टले मार्च १९ तारिख मंगलबारका दिन चिबाको फुनाबाशिमा प्रदर्शन गर्ने भएको हो ।

चलचित्र किनरो शिमिन सेन्टर हलमा साँझ ६ बजे चलचित्र प्रदर्शन हुने भएको हांस्य कलाकार एवं चलचित्र प्रदर्शन आयोजक समितिका कुमार श्रेष्ठले जानकारी दिएका दिनुभयो ।

२५ सय टिकटदर तोकिएको चलचित्रको टिकट अग्रिम बुकिगं गराएमा मात्र २ हजार लाग्ने श्रेष्ठले जानकारी दिनुभयो ।


फुटबललाई आधार बनाएर बनेको चलचित्रमा नेपाली फुटबल खेलाडीको संघर्षको कथा, देशप्रेम र मायाँ प्रेमका कथा समेटिएको छ ।

अनमोल केसी सहित चलचित्रमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् ।

'क्याप्टेन' फुटबल, देशप्रेम र रोमान्स बोकेर जापान आउने (भिडियो सहित)