(JAPAN) 22 nd August | 2019 | Thursday | 8:09:48 PM
(Nepal) 22 nd August | 2019 | Thursday | 4:54:48 PM
 

जापानमा जन्मियो विश्वकै सबैभन्दा सानो जिवित बच्चा, तौल मात्र २६८ ग्राम

  POSTED ON : Wednesday, 27 February, 2019 | Views : 651

जापानमा जन्मियो विश्वकै सबैभन्दा सानो जिवित बच्चा, तौल मात्र २६८ ग्राम


टोकियो ।

जापानमा विश्वकै सबैभन्दा सानो जिवित बच्चाको जन्म भएको छ ।

खुसीको कुरा के भने दुई महिना अघि जन्मिएका ति शिशु अस्पतालमा उपचारपछि स्वास्थ्य लाभ गरेर ३२ सय ग्रामको तौल भएपछि आफ्नो आमाको साथ घर गएका छन् ।

जापानी समाचार संस्था एनएचकेका अनुसार टोक्योको एक अस्पतालमा २४ बर्षिय जापानी महिलाले जन्म दिएका बालकको तौल जन्मंदा एकपाउ भन्दा कम अर्थात् मात्र २ सय ६८ ग्राम थियो ।

अपरेशन गरेर जन्म दिइएका ति बालकको तौल विश्वमै जिवित बच्चामा सबैभन्दा कम हो । अमेरिकाको आईओवा विश्व विद्यालयले संकलन गरेको हालसम्म जन्मिएका २३ जिवित शिशुहरुको तौल करिव ३ सय ग्राम आसपास रहेको थियो ।

जापानमा जन्मिएका विश्वकै कम चौलको बालकलाई चिकित्सकहरुले नियमीत निगरानीमा राखेर उपचार गरेका थिए । ३ सय ग्राम भन्दा कम तौलका बच्चा जिवित रहने सम्भावना ५० प्रतिशत भन्दा कम हुने भएपनि बिरलै सम्भव हुने काम जापानी चिकित्सकहरुले गरेका छन् ।

स्मरणीय छ यसअघि सबैभन्दा कम तौलको बच्चा जर्मनीमा जन्मिएका थिए । सन् २००९ मा जिवित जन्मिएका ति कम तौलका शिशुको वजन मात्र २ सय ७४ ग्राम थियो ।