(JAPAN) 25 th May | 2019 | Saturday | 3:02:28 PM
(Nepal) 25 th May | 2019 | Saturday | 11:47:28 AM
 

महानायक राजेश हमालद्धारा घर कुर्न बसेका व्यक्तिलाई २ करोडको जग्गा दान

  POSTED ON : Tuesday, 26 February, 2019 | Views : 594

महानायक राजेश हमालद्धारा घर कुर्न बसेका व्यक्तिलाई २ करोडको जग्गा दान


काठमाडौं ।

महानायक राजेश हमालले आफ्नो घर कुर्दै आएका ४ विपन्न परिवारलाई २ करोड मुल्य बराबरको जग्गा दिएका छन् ।

६० वर्षअघिदेखि नवलपरासीस्थित आफनो पुर्ख्यौली घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई नायक हमालले २ करोड मुल्य बराबरको जग्गा प्रदान गरेका हुन् ।

नायक हमालले देवचुली नगरपालिका २ स्थित आफ्नो पुख्यौली थलोमा रहेका अति विपन्न परिवारलाई आफनो नाममा रहेको जग्गा मालापेत कार्यालयवाट निशुल्क पास गरिदिएका छन् ।

हमालले आफ्नो हजुरआमाको समय देखि फलाम, कृषि तथा घरको काममा सहयोग गर्नेहरुलाई जग्गा प्रदान गरेका हुन् ।

भाई राकेश हमाल र सहयोगी सहित पुगेका हमालले तुल्सी कमिनीलाई २ कठ्ठा तथा विष्णु मर्दनिया, असमिया थारु र मन कुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा दिएका हुन् ।

राजेश हमालको हजुरआमाले ति परिवारलाई ६० वर्षअघि आफ्नो घरमा काम गर्न राखेको बताईएको छ । हमाल घरपरिवारको हेरचाह सहित जिविकोपार्जन गर्दै आएका ती परिवारलाई हमालकै घरपरिवारले बस्ने व्यवस्था मिलाईदिंदै आएको थियो ।

हजुरआमाको पालादेखी आफ्नो घरपरिवारको सेवा गर्दै आएका उनिहरुसँग खेतीपाती तथा बसोबासको लागि जग्गा नभएको थाहा पाएपछि आफुले सो जग्गा उपलब्ध गराएको नायक हमालले बताएका छन् ।