(JAPAN) 21 st March | 2019 | Thursday | 2:48:31 PM
(Nepal) 21 st March | 2019 | Thursday | 11:33:31 AM
 

'एयरपोर्ट काण्ड' सार्वजनिक पछि भाईरल !

  POSTED ON : Tuesday, 26 February, 2019 | Views : 199

'एयरपोर्ट काण्ड' सार्वजनिक पछि भाईरल !


टोकियो ।

परदेशी गायक सुर्य खड्काले चर्चा र विवादमा रहेको एयरपोर्ट काण्ड सार्वजनिक गरेका छन् ।

चर्चीत गायक खड्काले एयरपोर्ट काण्डका रुपमा परिचित ३३ किलो सुन अनि वाईडवडी काण्ड सार्वजनिक नभई परदेशीएका नेपालीको कोशेली चेकजाँचका नाममा एयरपोर्टमा लुटिन थालेपछि यसको बिरोध सहित गित एयरपोर्ट काण्ड सार्वजनिक गरेका हुन् ।

परदेशीएका नेपालीले आफ्ना लालाबाला अनि परिवारजन, आफन्त र साथीभाईका लागि ल्याएको कोशेली समेत बिमानस्थलमा चेकजाँचका नाममा रोकिन थालेपछि गायक खड्काले ३३ किलो सुन छिर्ने एयरपोर्टमा परदेशीएका नेपालीको कोशेली किन रोकिराखिएको छ भन्ने गम्भिर प्रश्न गीत मार्फत उठाएका छन् ।

जापानलाई कर्मथलो बनाउँदै नेपाली गीत संगित श्रृजनामा सक्रिय रहेका गायक खड्काले एयरपोर्ट काण्ड नाम दिएर छोरि तिम्लाई दुईपोका मिठाई छिरेन बोलको गीत सार्वजनिक गरेका हुन् ।

आफ्नै युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरेका गायक खड्काको गीत सार्वजनिक भएको केही घण्टामानै दशौं हजारपटक हेरिएको छ ।

गीतको भ्युवर संख्या, लाईक तथा कमेण्ट हेर्दा गीत भाईरल हुने देखिएको छ । यसको लागि गायक खड्कालाई जापानसमाचारडटकमको तर्फबाट हार्दिक शुभकामना ।

राष्ट्रिय लोक तथा दोहारीगीत प्रतिष्ठान जापान शाखाको प्रथम साधारणसभा भव्यरुपमा सम्पन्न (भिडियो सहित) 

Surya Khadka New Song 2075 || एयरपोर्ट काण्ड Airpot Kanda | छोरी तिम्लाई २ पोका मिठाई छिरेन