(JAPAN) 20 th May | 2018 | Sunday | 7:02:48 PM
(Nepal) 20 th May | 2018 | Sunday | 3:47:23 PM
 

हाम्रो बारेमा


छापा, रेडियो टेलिभिजन जस्तै अनलाईन मिडिया नयाँ बिधाको रुपमा स्थापित भएको छ । संसारमा संचारका विभिन्न साधन मध्ये अनलाईनलाई पछिल्लो पुस्ताको रुपमा लिएको पाईन्छ । सञ्चारका मुल माध्यमहरु अखबार, रेडियो र टेलिभिजन तीनैवटालाई अनलाईन मार्फत व्यापक रुपमा सहजताका साथ सरल ढंगले सवैमा सामान्यतया निशुल्क उपलब्ध गराउने भएकाले यो लोकप्रिय छ ।

अबवार, टेलिभिजन जस्तै अनलाईन मिडिया पनि भाषा वा भौगोलिकताका आधारमा मात्र नभई विषयगत आधारमा समेत सञ्चालन हुनेक्रम बढ्दो छ । भाषा र भौगोलिकता समान भएरपनि फरक परिवेशमा प्रवासमा रहेकाहरुको लागि नेपालका सबैजसो अनलाईम मिडियाले महत्वका साथ स्थान दिएको पाउँदछौं । तथापी बिदेशमा रहेका नेपालीहरुका सबै समाचार नेपालबाट समेट्न सम्भव नभएका कारण नेपालीहरु रहेको दर्जनौं देशहरुमा त्यहीँबाटै अनलाईन मिडियाहरु सञ्चालित छन् । ७० हजार बढी नेपाली रहेको जापानमा पनि नेपाली अनलाईन मिडिया सञ्चालनहुने क्रम बढ्दो छ ।

अहिलेका पुराना मानिएका मिडिया सुरुमा नयाँ नै थिए । अर्थात् सञ्चार वातावरण परिवर्तनशील छ । यसैलाई आत्मसाथ गर्दै जापानमा रहेका ७० हजार नेपालीको भावना र चाहना समेट्नेगरि हामीले जापानसमाचारडटककम अनलाईन शुभारम्भ गरेका हौं । जापानमा रहेका नेपाली, जापान तथा नेपालमा हुने जापानबारेको गतिविधि मुख्यत हामी समेट्ने छौं । विषयत आधारमा जापान समाचार, जापान, नेपाल, नेपाली राजदूतावास, विद्यार्थी, संघ/संस्था, स्वास्थ्य, साहित्य लगायतका गतिविधि समेटिने यस वेवसाइटमा जानकारी तथा सूचनामुलक भिडियोहरु पनि समावेश गरिनेछ । साथै जापानमा रहेका नेपाली तथा जापानबारे जानकारी लिनखोज्ने नेपालीलाई आवश्यक पर्ने सूचना र जानकारीहरु समावेश गरिनेछ । यसबाहेक देशको महत्वपूर्ण घटनाक्रममात्र वेवसाइटमा समेटिने छ ।

हाम्रो यो प्रयास जापानमा रहेका नेपालीहरुलाई आवश्यक सूचनामा सहजता प्रदान गर्नु पहिलो हो । त्यसबाहेक नेपाल र जापानबिच रहेको सुसम्वन्ध वृद्धि गर्नु हाम्रो प्रयास हुनेछ ।

प्राप्त सूचना, जानकारी प्रकाशन गरि सबैमाझ पुर्याउँदै, गुनासा, समस्या, पिडा र अनुभुतीमा हातेमालो गर्दै अघि बढ्ने यो प्रयासमा तपाईपनि तल उल्लेखित सम्पर्क ठेगानामा जानकारी दिएर सहकार्य गर्न सक्नुहुनेछ । पत्रकारिताको धर्म र मर्ममा रहेर सूचनामा सहजीकरणको यो प्रयासमा तपाईको साथ, सहयोग, सद्भाव, सुझाव र सहकार्यको अपेक्षा गर्दछौं ।