(Japan) 29 th March | 2024 | Friday | 2:12:50 PM || (Nepal) 10:57:50 AM
 
 


पहिलो पटक उत्तर कोरियाली मन्त्री जापान भ्रमणमा आउँदै

  POSTED ON : Monday, 05 November, 2018 | Views : 3616

पहिलो पटक उत्तर कोरियाली मन्त्री जापान भ्रमणमा आउँदै


टोकियो ।

उत्तर कोरियाली मन्त्री पहिलो पटक जापान भ्रमणमा आउने भएका छन् ।

जापान सरकारले यसै महिनाको अन्त्यमा हुन लागेको विश्व ओलम्पिक कमिटिको बैठकमा सहभागी हुने उत्तर कोरियाली मन्त्रीको जापान भ्रमणलाई स्विकार गर्ने तय भएपछि पहिलो पटक उत्तर कोरियाली मन्त्री जापान आउने भएका हुन् ।

जापानी अधिकारीहरुका अनुसार यही नोभेम्वर २८ र २९ तारिखमा राजधानी टोकियोमा हुने तय भएको विश्व ओलम्पिक कमिटिको साधारणसभा बैठकमा सहभागी हुन उत्तर कोरियाली मन्त्री जापान आउनेछन् ।

उत्तर कोरियाका खेलकुद तथा संस्कृतिमन्त्री किम इल गुक विश्व ओलम्पिक कमिटिको निमन्त्रणामा जापान आउनेछन् ।

संयुक्त राष्ट्रसंघ सहित विश्वका कयौं देशले लगाएका नाकाबन्दीको समर्थन गर्दै आएको जापानको उत्तरकोरियासँग पूर्णरुपमा सम्वन्ध बिच्छेदको अवस्था रहँदै आएको छ ।

उत्तर कोरियाली नागरिकलाई जापान भ्रमणमा प्रतिबन्ध लगाएको जापानले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमण नगर्न सूचित गर्नुका साथै भ्रमणमा रोक लगाएको छ ।

पछिल्लो पटक उत्तर कोरिया घुम्न गएका आफ्ना नागरिक छुटाउने क्रममा उच्च तहमा उत्तरकोरियाली अधिकारीहरुसँग वार्ता गरेको बताईएको जापानले त्यसयता अप्रत्यक्ष रुपमा सम्वन्ध विस्तारको प्रयास गर्दैआएको छ । तर बन्धक बनाईएका भनिएका जापानी नागरिकको अवस्था सार्वजनिक तथा दुई देशका नेताबिच वार्ता नहुँदा नतिजा सतहमा देखिएको छैन ।

रोचक कुरा के भने छिमेकमा रहेका यि दुई देशबिच ईतिहाँसमा अहिलेसम्म कुनैपनि कुटनीतिक सम्वन्ध स्थापित हुन सकेको छैन ।


कसरी संभव भयो उत्तर कोरियाली मन्त्रीको जापान भ्रमण ?

यसै बर्षको गत मार्च महिनाका विश्व ओलम्पिक कमिटिका अध्यक्ष थोमस वाच उत्तर कोरिया भ्रमणमा पुगे ।

तीनदिने उत्तर कोरियाको भ्रमणका क्रममा थोमसले उत्तर कोरियाली नेता किमजोगं उन सहित खेलकुद मन्त्री गुक लगायत उत्तर कोरियाका उच्च अधिकारीहरुसँग विशेष भेटवार्ता गरे ।

भ्रमण र भेटवार्ताको मुख्य केन्द्र थियो आसन्न २०२० टोकियो ओलम्पिकमा उत्तर कोरियाको सहभागीता । विश्वभरका देशको सहभागीता रहने ओलम्पिकबाट उत्तर कोरियालाई टाढा राख्न नमिल्ने तर ओलम्पिक आयोजक देश जापानको उत्तरकोरियासँग सम्पूर्ण सम्वन्ध बिच्छेदको अवस्थालाई सुल्झाउन थोमसले खेलेको भूमिका र प्रयास स्वरुप तय भएको थियो उत्तर कोरियाली मन्त्रीको जापान भ्रमण ।

गत साता मात्र उत्तर कोरिया र दक्षिण कोरियाले आगामी फेब्रुवरीमा दक्षिण कोरियाको प्योगंचांगमा हुने शीतकालिन ओलम्पिकमा एउटै झण्डामुनी आफ्ना खेलाडीहरुलाई उतार्ने सहमती गरेका छन् । यो सहमतीलाई आसन्न २०२० टोकियो ओलम्पिकमा दुई कोरियाली देशको एउटै सहभागीताको सुरुवाती कदमका रुपमा हेरिएको छ ।

भ्रमण ओलम्पिक कमिटिको साधारण सभाको लागि तय गर्दै भ्रमण स्विकृतीको लागि जापानसँग ओलम्पिक कमिटिले पहल गरे अनुसार १३ सय बढी ओलम्पिक कमिटिका सदस्य सहभागी हुने बैठकको लागि उत्तर कोरियाली मन्त्री जापान आउने भएका हुन् ।

दुईदिने जापान भ्रमणका क्रममा उत्तर कोरियाली मन्त्रीले विश्व ओलम्पिक कमिटिको बैठकमा सहभागीता जनाउने तय भएपनि उनको जापान सरकारका अधिकारीहरुसँग सरकारी स्तरमा वार्ता हुने नहुने विषय बाहिर आईसकेको छैन ।

जापानी प्रधानमन्त्री शिन्जो आबेले आफुले सिधै उत्तर कोरियाली नेता किमजोगं उनसँग वार्ता गर्न चाहेको बताईरहँदा उत्तर कोरियाली मन्त्रीको जापान भ्रमणलाई जापानले सम्वन्ध स्थापनामा प्रयोग गर्ने ठानिएको छ ।

सन् १९७० देखी ८० को दशकबिचमा अपहरणमा परेका जापानी नागरिकको अवस्थाबारे जानकारी माग्दै आएको जापानले उत्तर कोरियाको आणविक अस्त्र निर्माण सहित क्षेप्यास्त्र विश्वका लागि खतरा भएको भन्दै उत्तर कोरियाले घातक हतियार त्यागेर आणविक अस्त्र निर्माण रोकेमा सम्वन्ध स्थापना सहित सबैखाले सहयोग गर्ने बताउँदै आएको छ ।

सम्बन्धित सामग्री: