(JAPAN) 25 th September | 2018 | Tuesday | 4:14:48 AM
(Nepal) 25 th September | 2018 | Tuesday | 12:59:48 AM
 

नेपाल सेमिफाइनलबाटै बाहिरियो,फाइनल खेल्ने सपना चकनाचुर

  POSTED ON : Wednesday, 12 September, 2018 | Views : 208

नेपाल सेमिफाइनलबाटै बाहिरियो,फाइनल खेल्ने सपना चकनाचुर

काठमाडौं ।

नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा माल्दिभ्ससँग ३-० गोलले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको हो ।

चौथो पटक साफको सेमिफाइनल खेलेको नेपाल अहिलेसम्म फाइनलमा पुग्न सकेको थिएन ।

नेपाल समूह एको विजेता तथा माल्दिभ्स समूहबीको उपविजेताका रूपमा सेमीफाइनलमा पुगेका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप २ गोल खान पुग्यो ।

प्रतियोगिताको अर्को सेमीफाइनलमा बुधवार नै भारत र पाकिस्तान भिड्दैछन् ।

समूहमा नेपालले भूटान र बंगलादेशलाई पराजित गरेको थियो । माल्दिभ्सको भने प्रतियोगितामा यो पहिलो जीत हो ।