(Japan) 20 th April | 2024 | Saturday | 1:45:00 PM || (Nepal) 10:30:00 AM
 
 


ओलम्पिकको टिकट लिएर रद्द गर्न चाहे अब टिकटको पैसा फिर्ता पाइने

  POSTED ON : Saturday, 31 October, 2020 | Views : 3190

ओलम्पिकको टिकट लिएर रद्द गर्न चाहे अब टिकटको पैसा फिर्ता पाइने


टोकियो, जापान ।

टोकियो ओलम्पिक र पाराओलम्पिक खेल आयोजकले टिकटको पैसा फिर्ता गर्ने अनुरोध नोभेम्बरदेखि स्वीकार गर्ने भएको छ ।

आयोजक समितिले यस्तो योजना बनाएको आफूले थाहा पाएको भन्दै यहाँको निप्पोन न्युजले समाचार प्रकाशित गरेको छ ।

टोकियो ओलम्पिक्सका लागि टिकटको पैसा फिर्ता नोभेम्बर देखि र पारालिम्पिक्सको लागि भने डिसेम्बरबाट शुरु हुने स्रोतको भनाइ छ ।

दुबै प्रतियोगिताका लागि क्रमशः ४४ लाख ८० हजार र ९ लाख ७० हजार टिकट बिकेका थिए ।

महामारीका कारण टोकियो ओलम्पिक्स एक वर्ष पाछाडि सरेको छ । खेलको दिन र स्थान उही भएकोले बिक्री भइसकेको टिकट प्रयोगमा आउनेछन् ।

सम्बन्धित सामग्री: