(Japan) 18 th April | 2024 | Thursday | 9:30:35 AM || (Nepal) 6:15:35 AM
 
 


टोकियोमा सूमो रेसलिंगमा सहभागी ३२ जनामा कोरोना संक्रमण

  POSTED ON : Thursday, 10 September, 2020 | Views : 3766

टोकियोमा सूमो रेसलिंगमा सहभागी ३२ जनामा कोरोना संक्रमण


टोकियो, जापान ।

राजधानी टोकियोको अदाची कु मा एक सुमो रेसलिंग खेलमा सहभागी ३२ जनामा नयाँ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जसमा सूमो रेसलर जुर्यो फुजिहिगासी समेत रहेका छन् । जापान सुमो एसोसिएसनका अनुसार मकुशिता अन्तर्गत एक सूमो खेलाडी सहित १८ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।

यसअघि संक्रमित पाईएका सहित एउटै कार्यक्रममा सहभागी कुल संक्रमितको संख्या ३२ पुगेको एसोसिएसनले जनाएको छ ।

एसोसिएसनका अनुसार एउटै कोठा भित्र सहभागी व्यक्तिहरुमा कोरोना संक्रमण भएको पाईएको हो । जसमा एकजना सुमोका रेफ्रि फुजितो समेत रहेका छन् ।

३४ जना सहभागी उक्त भेलामा २८ जना सुमो खेलाडीहरु रहेका थिए । जसमा हालसम्म संक्रमित पुष्टि भएकाको संख्या ३२ पुगेको छ ।

उक्त भेलामा सहभागी व्यक्तिमा सेप्टेम्बर ५ तारिख पहिलो पटक कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

सबै संक्रमितहरुको अवस्था सामान्य रहेको समाचारमा जनाईएको छ ।

...

-एनएचके

सम्बन्धित सामग्री: