(Japan) 26 th February | 2020 | Wednesday | 3:11:48 PM || (Nepal) 11:56:48 AM
 
 

टोकियो डोममा फेब्रुवरी १ मा प्रचण्डले नेपाली झण्डा फहराउने

  POSTED ON : Tuesday, 28 January, 2020 | Views : 1228

टोकियो डोममा फेब्रुवरी १ मा प्रचण्डले नेपाली झण्डा फहराउने


टोकियो, जापान ।

जापानमा रहेर व्यवसायिक बक्सिगं खेल्दै आएका नेपाली युवा प्रचण्ड केसीको फेब्रुवरी १ मा जापानी बक्सरसँग भिडन्त हुने भएको छ ।

डाईनामिक ग्लोव शिर्षक अन्र्तगत हुन लागेको फाईटमा प्रचण्डले जापानमा दर्जन बढी व्यवसायिक प्रतियोगिता खेलिसकेका जापानी खेलाडीसँग भिडन्त गर्न लाग्नु भएको हो ।

५३.५ किलो तौल समुहमा हुने भिडन्तमा २४ बर्षिय प्रचण्डको खेल आगामी शनिवार साँझ ५ बजेर ४५ मिनेटबाट सुरु हुने भएको छ ।

नेपाल काठमाडौं पुरानो नैकाप घर भएका युवा बक्सर प्रचण्डले पछिल्ला तीनवटा म्याच नकआउट गरेर जित्नुभएको थियो ।

जापानमा व्यवसायिक बक्सिगं प्रतियोगिता आफुलाई स्थापित गर्ने क्रममा प्रचण्डको भिडन्त हुने खेल जापानी टेलिभिजनले समेत प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

जापन टिभी सिएस जी प्लसबाट प्रत्यक्ष प्रशारण हुने भएको बक्सिगं प्रतियोगितामा जापानवासी नेपालीहरुलाई उपस्थितिको लागि प्रचण्डले अनुरोध समेत गर्नुभयो ।

नेपालको झण्डा र नेपालीहरुको साथ देखेमा आफ्नो हौसला बढ्ने बताउँदै बक्सर प्रचण्डले भन्नुभयो-'नेपालको झण्डा फहराएर भिजिट नेपालको प्रचार गर्ने लक्ष्य राखेको प्रतियोगितामा टोकियोवासी नेपालीहरुबाट यसअघिका प्रतियोगिता र अन्य नेपाली खेलाडीहरुलाई जस्तै साथ पाउने पूर्ण विश्वास गरेको छु ।'

खेल आगामी शनिवार फेब्रुवरी १ तारिखमा साँझ ५ बजेर ४५ मिनेटबाट राजधानी टोकियोको सुईदोउबासीमा रहेको टोकियो डोमको कुराकोएन हलमा हुँदैछ ।