(Japan) 28 th March | 2024 | Thursday | 5:38:11 PM || (Nepal) 2:23:11 PM
 
 


२०२० टोकियो ओलम्पिक खेल स्थलमा ५ जी ईन्टरनेट सेवा सहित निशुल्क ईन्टरनेट

  POSTED ON : Tuesday, 21 January, 2020 | Views : 6388

२०२० टोकियो ओलम्पिक खेल स्थलमा ५ जी ईन्टरनेट सेवा सहित निशुल्क ईन्टरनेट


टोकियो, जापान ।

जापानले विश्व खेलकुदको कुम्भ मानिने ओलम्पिक खेलबाट ५ जी ईन्टरनेट सेवा सञ्चालनमा ल्याउने भएको छ ।

यसको लागि टोकियो महानगरले २०२० ओलम्पिक र पारा ओलम्पिक खेल स्थलमा ५ जी नेटवर्क जडान गरिने घोषणा गरेको छ ।

नयाँ पीढिको ईन्टरनेट सञ्चालन स्थानको रुपमा समेत चित्रित हुनेगरि ओलम्पिक र पारा ओलम्पिक खेल स्थलमा ५ जी नेटवर्क सेवा सुरु गरिन लागिएको टोकियो महानगरको भनाई छ ।

यसै बर्षको अन्तिम सम्ममा जापानका सबै नेटवर्क सेवामा उपलब्ध गराईने तयारी भएको ५ जी नेटवर्क सेवाबाट दु्रतगती र उच्च क्षमताको सञ्चार गर्न सकिनेछ ।

खेल आयोजकको तर्फबाट टोकियो महानगरले प्रमुख मोबाईल सेवा प्रदायक कम्पनीलाई ओलम्पिक र पारा ओलम्पिक खेल स्थलमा ५ जी नेटवर्कको ऐन्टेना राख्न अनुरोध गरिसकेको जनाएको छ ।

टोकियो महानगर अधिकारीहरुका अनुसार प्रतियोगिता हुने स्थल तथा मुख्य रेल स्टेशन क्षेत्रमा निशुल्क वाईफाई सेवा उपलब्ध गराउने योजना रहेको छ । जसमा ५ जी नेटवर्क सेवा उपलब्ध हुनेछ र यसबाट उच्चगतिको सूचना प्रवाह हुने विश्वास गरिएको छ ।

टोकियो महानगर प्रमुख युरिको कोईकेले गत बर्ष खेल आयोजना स्थलबारे स्मरण गर्दै सन् १९६४ मा भएको टोकियो ओलम्पिक तथा पारा ओलम्पिकमा तिब्रगतिको शिनकानसेन रेल सहित महानगरिय द्रुतमार्गको निर्माण भएको स्मरण गर्नुभएको थियो । 

जसको कारणले टोकियोले उच्च आर्थिक बिकासको गति समात्न सकेको भन्दै कोईकेले २०२० ओलम्पिकमा पनि त्यस्तै नयाँ र आधुनिक जापानको परिचय झल्काउने सुरुवात हुने बताउनुभएको थियो ।

टोकियो महानगर प्रमुख कोईकले ओलम्पिक खेलमा ५ जी नेटवर्क सेवाको सुरुवातसँगै यसले एक परिपक्व शहरको विरासतको रुपमा टोकियोलाई स्थापित गराउने सो अवसरमा बताउनुभएको थियो ।

सम्बन्धित सामग्री: