(Japan) 20 th April | 2024 | Saturday | 6:39:11 PM || (Nepal) 3:24:11 PM
 
 


२०२० टोकियो ओलम्पिकको तयारी अन्तिम चरणमा, ५५ बर्षपछि जापान ओलम्पिक गर्दै

  POSTED ON : Thursday, 02 January, 2020 | Views : 4540

२०२० टोकियो ओलम्पिकको तयारी अन्तिम चरणमा, ५५ बर्षपछि जापान ओलम्पिक गर्दै


टोकियो, जापान ।

जापानमा हुन लागेको २०२० टोकियो ओलम्पिक तथा पारा ओलम्पिकको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

आगामी ग्रिष्मकालिन ऋतुमा जापानमा ५५ बर्षपछि दोस्रो पटक ओलम्पिक खेल आयोजना हुँदैछ ।

ओलम्पिक खेलको सुरुवात जुलाई २४ तारिखबाट हुने भएको छ ।

ओलम्पिक खेलमा ३३ खेल अन्र्तगत ३३९ विभिन्न शिर्षकको प्रतिस्पर्धामा १० हजार बढी खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् ।

जापानमा सन् २०११ मा आएको महाभूकम्पपछि सुनामीले महाबिपत्ती निम्त्याएको तोहोकु क्षेत्र कति छिटै पूर्ववत अवस्थामा फर्कीएको छ भन्ने देखाउन ओलम्पिकको मशाल दौड सुरुवात फुकुशिमा प्रिफेक्चरबाट सुरु हुँदैछ । मसाल दौड मार्च २६ तारिखबाट सुरु हुने छ ।

ओलम्पिक मशाल १ सय २१ दिन लगाएर जापानको सबै ४७ वटा प्रिफेक्चरमा पुर्याईने भएको छ ।

पारा ओलम्पिक खेलको सुरुवात भने अगष्ट २५ तारिखबाट हुनेछ । जसमा ४ हजार ४ सय बढी खेलाडीहरुले २२ खेलको ५३९ प्रतिस्पर्धामा भाग लिनेछन् ।

जापानले यो दोस्रो पटक ओलम्पिक खेल आयोजना गर्न लागेको हो । जापानको राजधानी टोकियोमा ५५ बर्षअघि सन् १९६४ मा पहिलो पटक ओलम्पिक खेल आयोजना गरिएको थियो ।

सम्बन्धित सामग्री: