(JAPAN) 18 th November | 2019 | Monday | 6:36:05 PM
(Nepal) 18 th November | 2019 | Monday | 3:21:05 PM
 

अबिरल बिजययात्रा ! जापानमा भएको किक बक्सिङमा नेपाली हिमाली चितुवाले फेरी नेपाली झण्डा फहराए

Jack Khadka   POSTED ON : Monday, 04 November, 2019 | Views : 595

अबिरल बिजययात्रा ! जापानमा भएको किक बक्सिङमा नेपाली हिमाली चितुवाले फेरी नेपाली झण्डा फहराए


टोकियो, जापान ।

जापानको आईचि प्रिफेक्चरको ओकाजाकीमा भएको किक बक्सिङ प्रतिस्पर्धामा हिमाली चितुवा नामले परिचित नेपालका अबिरल घिमिरे बिजयी भएका छन् ।

युवा अवस्थामानै व्यवसायिक किक बक्सिङमा सफलता प्राप्त गर्दै आएका अबिरलले आईतबार भएको प्रतिस्पर्धामा जापानी व्यवसायिक किक बक्सरलाई सोझो सेटमा हराउँदै नेपाली झण्डा फहराएका हुन् ।

पछिल्लो पटक बोलिभियन च्याम्पियनलाई हराएर सनसनी मच्चाएका अबिरलले आईतबार २८ वर्षीय जापानी खेलाडी अकिफी ओयोलाई पहिलो राउण्डमा पराजित गर्दै आफ्नो खेलकला देखाएका छन् ।

अबिरलले जापानी खेलाडीलाई पहिलो राउण्डको २ मिनेट ३० सेकेण्डमा नै नकआउट गर्दै जीत निकालेर नेपाली झण्डा फहराए ।

अबिरलले जापान सहित थाईल्याण्डमा व्यवासयिक किक बक्सिङ प्रशिक्षण लिंदै आएका छन् भने उनलाई नियमीत रुपमा चर्चित नेपाली किक बक्सिङ करातेका पूर्व खेलाडी देव घिमिरेले प्रशिक्षण दिंदै अएका छन् । देव घिमिरे अबिरलको आफ्नै पिता समेत हुन् ।