(JAPAN) 18 th November | 2019 | Monday | 6:58:30 PM
(Nepal) 18 th November | 2019 | Monday | 3:43:30 PM
 

दक्षिण अफ्रिकाले उचाल्यो रग्बि विश्वकपको उपाधि, फाईनलमा ईगंल्याण्ड पराजित

Jack Khadka   POSTED ON : Sunday, 03 November, 2019 | Views : 83

दक्षिण अफ्रिकाले उचाल्यो रग्बि विश्वकपको उपाधि, फाईनलमा ईगंल्याण्ड पराजित


टोकियो, जापान ।

जापानमा भएको रग्बि विश्वकप २०१९ को उपाधि दक्षिण अफ्रिकाले जीतेको छ ।

शनिवार भएको फाईनल भिडन्तमा ईंगल्याण्डलाई १२ अंकमै सिमित बनाउँदै दक्षिण अफ्रिकाले ३२ अंक बनाउँदै उपाधि उचालेको हो ।

खेलको मध्यान्तरमा ईंगल्याण्डलाई १२-६ अंकले पछि पारेको दफ्रिकाले अंकदुरी फराकिलो बनाउँदै नतिजा ३२-१२ मा आफ्नो पक्षमा पार्यो ।

उपाधि होडमा दावेदार मानिएको ईंगल्याण्डलाई कडा प्रतिस्पर्धी मानिएपनि अंक जोड्ने सवालमा भने अफ्रिकन टोलीसामु कमजोर देखिएको थियो ।

दक्षिण अफ्रिकाको तुलनामा दोब्बर बढी समर्थक पाएपनि उपाधि होडमा उपबिजेतामै सिमित बन्न पुग्दा दशौं हजार ईंगल्याण्ड टोलिका समर्थकहरु निरास बनेका थिए ।

दक्षिण अफ्रिकाले रग्बि विश्वकपको उपाधि सन् २००७ पछि पहिलो पटक उचालेको हो ।

उपाधि होडमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो ।