(JAPAN) 16 th October | 2019 | Wednesday | 7:54:27 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 4:39:27 PM
 

करणको कमालले नेपाली क्रिकेट टिम र समर्थकलाई नवमीकै दिन दशैं, क्यानडामाथी किर्तिमानी रोमाञ्चक जीत

  POSTED ON : Monday, 07 October, 2019 | Views : 41

करणको कमालले नेपाली क्रिकेट टिम र समर्थकलाई नवमीकै दिन दशैं, क्यानडामाथी किर्तिमानी रोमाञ्चक जीत


काठमाडौं, नेपाल ।

सोमबार नेपाली पर्व अनुसार बडा दशैंको महानवमी थियो । तर बडा दशैंको टिकाको एकदिन अघिनै क्यानडामाथी किर्तिमानी त्यो पनि रोमाञ्चक जीत निकालेसँगै नेपाली क्रिकेटको लागि दशैं आएजस्तै भयो ।

यसको एकमात्र श्रेय गयो नेपालका अलराउण्डर क्रिकेट खेलाडी करण केसीलाई । हारको सँघारमा पुगेको अप्ठेरो परिस्थितिमा लगभग पराजयको बादल मडारिरहँदा करणले आफ्नो कसिलो ब्याटिगं प्रदर्शन गर्दै नेपाललाई जित दिलाएका छन् ।

ओमानमा सञ्चालन भइरहेको पाँच राष्ट्र सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आइतवार केसीले नेदरल्याण्ड्ससँग लगभग पराजयतर्फ धकेलिसकेको नेपाली टोलीलाई हारको मुखबाट जोगाउँदै रोमाञ्चक जित दिलाएका हुन् ।

अन्तिम ओभरमा १७ रन आवश्यक परेको बेला क्रिजमा जमेका उनले १ बल बाँकी छँदै लक्ष्य पूरा गर्दा नेपाली क्रिकेटमा खुशीको नयाँ रंग थपियो ।

यो जितले केसी फेरि नेपाली राष्ट्रिय टोलीको मुख्य खेलाडीका रूपमा रहेको प्रमाणित भएको छ । 

स्मरणीय छ एक वर्षअघि फेब्रुअरीमा आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानडाविरुद्धको खेलमा समेत उनै करणले जीत दिलाएका थिए ।

उक्त खेल हारेको खण्डमा रेलिगेशनमा पर्दै डिभिजन ३ मा घटुवा हुने अवस्थमा रहेको नेपालको लागि करणको किर्तिमानी प्रदर्शनकै कारण नेपालले एकदिवसीय क्रिकेट राष्ट्रको मान्यता पाएको थियो ।

सो खेलमा क्यानडाले १ सय ९५ रनको लक्ष्य नेपाललाई दियो, तर १ सय २४ रन बनाउँदा नेपालका नौजना खेलाडी आउट भएपछि नेपाल जितबाट निकै टाढा पुगेको थियो ।

नेपालले जित्न ४८ बलमा ५१ रन बनाउनु पर्दथ्यो र एकजना मात्र खेलाडी बाँकी थिए।

जित असम्भव प्रायः बनेको त्यो विषम परिस्थितिमा मैदानमा प्रवेश गरेका करणले ३१ बलमा ४२ रन बनाएर नेपाललाई जिताए, जुन विश्व क्रिकेटमै कमै मात्र चकित पार्ने विजयमध्येको एकमा पर्छ ।

सोमबार भएको खेलमा समेत नेदरल्याण्ड्सले १३३ रनको मध्यम स्कोर बनाएपनि नेपाली खेलाडीहरु मैदानमा टिक्न नसक्दा पराजयको संघारमा पुगेका थिए । ९३ रन बनाउँदा पाँच खेलाडी आउट भएपछि नेपाली टोली दबावमा थियो ।

कप्तान पारस खड्काले ३३ रन जोड्नु बाहेक अन्य खेलाडी नेदरल्याण्ड्सका बलरसामु टिक्न सकेका थिएनन् ।

२२ बलमा ४० रन बनाउनुपर्ने त्यो बेला जमिरहेका विनोद भण्डारी '२६' पनि आउट भएपछि करणको काँधमा हार उन्मुख नतिजा उल्ट्याउने जिम्मा पर्‍यो ।

अन्तिम ओभरमा नेपालले १७ रन बनाउनुपर्ने अवस्था आयो । असहज परिस्थतीलाई सामना गर्न तयार २८ वर्षीय केसीले आफ्नो जादू देखाउँदै पहिलो बलमा छक्का हानेर आशाको दियो जगाईदिए ।

दोस्रो बल डट खेलेपनि तेस्रो बलमा चौका अनि चौथो बलमा छक्का प्रहार गर्दा नेपालको लागि अन्तिम दुई बलमा एकरन भए पुग्ने अवस्था बन्यो ।

पाँचौ बलमा आरामदायी एक रन लिंदै नेपालाई जीत दिलाएर म्यानअफ दि म्याच बन्न सफल करण केसीले आफु नेपाली राष्ट्रिय क्रिकेट टोलीको अलराउन्ड खेलाडी हो भन्ने प्रमाणीत गरिदिएका छन् ।

यो जितसँगै ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दोस्रो खेल नेपालले जितेको छ ।

यसअघि भएको खेलमा नेपालले पहिलो खेलमा हङकङलाई पराजित गरेको थियो भने नेदरल्यान्ड्स आयरल्यान्डसँग पराजित भएको थियो ।