(Japan) 26 th April | 2024 | Friday | 4:09:02 AM || (Nepal) 12:54:02 AM
 
 


दक्षिण एसियाली नेटबल च्याम्यिनसिप हुँदै,कसरी खेलिन्छ नेटबल ?

  POSTED ON : Monday, 16 September, 2019 | Views : 4520

दक्षिण एसियाली नेटबल च्याम्यिनसिप हुँदै,कसरी खेलिन्छ नेटबल  ?


काठमाडौं ।

नेपाल नेटबल संघको आयोजनामा प्रथम पटक दक्षिण एसियाली यू-१६ नेटवल च्याम्यिनसिप हुने भएको छ । आगामी कात्तिक १ गतेदेखि ५ गते सम्म आर्मी फिजिकल तथा स्पोर्ट सेन्टर लगनखेलमा उक्त प्रतियोगिता हुन लागेको नेपाल नेटबल संघले आईतवार राजधानीमा पत्रकार सम्मेलन गरि जानाकारी दिएको हो ।

प्रतियोगितामा कुल ६ वटा देशका खेलाडीहरु सहभागि हुने नेपाल नेटवल संघका महासचिव दिपक लामाले पत्रकार सम्मेलनमा बताए । प्रतियोगितामा  आयोजक नेपाल, भारत,बंगलादेश,पाकिस्तान, श्रीलंका र मल्दिभ्सको सहभागिता रहनेछ । लिगकप नकआउटमा खेलाउने यस खेलमा १० मिनेटको दरले ४० मिनेटको खेल हुनेछ ।

यस प्रतियोगितामा प्रति टिम १७ जनाको टिम हुनेछ भने १५ जना अम्पायर र अफिसियल हुने लामाले बताए । अन्तराष्ट्रिय अम्पायरमा सिंगापुर,पाकिस्तान, श्रीलंका,भारतवाट दुई, दुई जनाको दरले कुल आठ र बाँकी नेपालवाट पनि दुई जना रहनेछन् ।

उक्त प्रतियोगिताको लागि भदौं २१ गते छनोट प्रक्रियाद्धारा ६८ जनावाट ३७ जना र ३७ जनावाट २२ जना छनोट भएका छन् । २२ जनावाट पनि १२ जनालाई असोज दोस्रो सातावाट बन्दसत्रमा राखिने  छ  ।

यसअघि स्कुल स्तरिय यू १६, यू २१  र सिनियर गरि विभिन्न स्तरमा नेटवल प्रतियोगिता हुँदै आएको भएपनि दक्षिण एसियाली यू १६ नेटवल प्रतियोगिता भएको भने यो पहिलो पटक हो । उक्त प्रतियोगिता नेपालका खेलाडीहरुलाई अन्तिराष्ट्रिय स्तरमा चिन्ने अवसर पनि भएको आयोजकको दाबी छ । काठमाडौको कुल ३२ वटा विद्यालयमा नेटवल खेलको अभ्यास हुने गरेको आयोजकले बताएको छ ।

कसरी खेलिन्छ नेटवल  ?
नेटवल खेल क्यानडावाट सुरु भएको हो विस्तारै यसको विस्तार हुँदै एसियन च्याम्पियनसिप, साउथ एसियन च्याम्पियनसिप सम्म आईपुगेको  छ । नेटवल गल्र्सहरुले मात्र खेल्ने खेल हो ।

यसको एउटा टिममा १२ जना खेलाडी सहभागि हुनेछन् भने १२ जना मध्ये ७ जना पोजिसन अनुसार खेल्नेछन् जसमा सेन्टर, जिके,गोलस्टार,गोल किपर,डिफेन्स,गोल सुटर गोल याट्याक्करहरुको भूमिकामा रहेर खेल्नेछन् यिनीहरुको नै मुख्य भूमिका रहनेछ ।

यस खेलमा सेन्टरले सबैतिर खेल्न पाईने छैन् गोल सुटर र गोल याट्याक्करले मात्र गोल सुट गर्न पाउने छ ।

सम्बन्धित सामग्री: