(JAPAN) 16 th October | 2019 | Wednesday | 7:32:40 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 4:17:40 PM
 

विश्वकप क्रिकेट-भारत सेमिफाईनलबाटै आउट, न्यूजिल्याण्ड १८ रनले हराउँदै फाईनलमा प्रवेश

  POSTED ON : Thursday, 11 July, 2019 | Views : 233

विश्वकप क्रिकेट-भारत सेमिफाईनलबाटै आउट, न्यूजिल्याण्ड १८ रनले हराउँदै फाईनलमा प्रवेश


काठमाडौं, नेपाल ।

भारत ईंगल्याण्डमा जारी विश्वकप क्रिकेटको सेमिफाइनलबाटै आउट भएको छ ।

न्यूजिल्याण्ड भारतलाई १८ रनले हराउँदै विश्वकप क्रिकेटको फाईनलमा प्रवेश गर्न सफल भएको छ ।

सेमिफाईनल भिडन्तका क्रममा हिजो भएको खेल ४३.१ ओभरमा बर्षाका कारण रोकिन पुगेको थियो । हिजोकै खेलबाट सुरु भएको आजको खेलमा पुरै ५० ओभरमा ८ विकेट गुमाउँदै न्यूजिल्याण्डले २ सय ३९ रनको योगफल बनाएको थियो ।

न्यूजिल्याण्डले दिएको २ सय ४० रनको मध्यम लक्ष्य पछ्याएको भारतको खेल सुरुवातीबाटै धरापमा परेको थियो ।

५ रनमा तीन विकेट गुमाएको भारतलाई महेन्द्र सिंह धोनी र जडैजाले सातौ विकेटको साझेदारीमा सम्हाल्दै बिजय लक्ष्य तर्फ डोर्याएपनि त्यो सफल हुन सकेन ।

भारतले ४९.३ ओभरमा १० विकेट गुमाउँदा मात्र २२१ रन बनाउन सक्यो ।

अब भारतलाई हराएर विश्वकप क्रिकेटको फाईनमा पुग्ने पहिलो टिम बनेको न्यूजिल्याण्डले अष्ट्रेलिया र ईंगल्याण्डबिचको बिजेतासँग उपाधिको लागि भिडन्त गर्नेछ ।