(JAPAN) 19 th September | 2019 | Thursday | 6:36:09 PM
(Nepal) 19 th September | 2019 | Thursday | 3:21:09 PM
 

नमस्ते चिबा फुटसल प्रतियोगिताको उपाधि ब्लु रेइले उचाल्यो (भिडियो सहित)

Deepak Gautam   POSTED ON : Monday, 10 June, 2019 | Views : 510

नमस्ते चिबा फुटसल प्रतियोगिताको उपाधि ब्लु रेइले उचाल्यो (भिडियो सहित)


चिबा, जापान ।

नमस्ते चिवाको आयोजनामा जापानको चिवामा प्रथम कप फुटसल प्रतिगियोता सम्पन्न भएको छ ।  

बिभिन्न उद्देस्यले जापानमा रहेका नेपालीहरुबीच आत्मिय सम्बन्ध कायम गर्ने हेतुले उक्त प्रतिगियोता आयोजना गरिएको नमस्ते चिवाका म्यानेजर खगेन्द्र भट्टले जानकारी दिनुभयो ।  

कुल १२ समुहको सहभागिता रहेको उक्त प्रतिगियोतामा ब्लु रेइ समुह प्रथम भएको थियो ।

ब्लु रेइले नर्थनलाई १ का बिरुद्द ३ गोलले पराजित गर्दै उपाधी रक्षा गर्न सफल भएको हो ।


प्रतियोगितामा प्रथम भएको ब्लु रेइले २ लाख २ हजार २ सय दुई रुपया नगद सहित सिल्ड र मेडल प्राप्त गरेको छ ।

त्यसै गरी दोस्रो भएको नर्थन एफ सि केटीएमले १ लाख १ हजार १०१ नगद सहित मेडल र सिल्ड प्रदान गरिएको थियो ।


प्रतियोगितामा ब्लु रेइका रमेश गुरुङ उत्कृष्ठ खेलाडी, बेस्ट् डिफेन्डर नर्थनका रबिजन शाही, बेस्ट गोल किपर ब्लु रेइका सागर गुरुङ बन्न सफल भए ।

उनिहरु सबैलाई जनही पाच  हजारका दरले पुरस्कार  प्रदान गरिएको म्यानेजर भट्टले जानकारी दिनुभयो। प्रतियोगितामा नमस्ते चिवा ‘ए’ अनुशासित टिम बन्न सफल भएको थियो ।