(JAPAN) 21 st July | 2019 | Sunday | 10:07:31 AM
(Nepal) 21 st July | 2019 | Sunday | 6:52:31 AM
 

टोकियो पारा ओलम्पिक खेल सुरु हुन अब ५०० दिन बाँकी

  POSTED ON : Sunday, 14 April, 2019 | Views : 133

टोकियो पारा ओलम्पिक खेल सुरु हुन अब ५०० दिन बाँकी


टोकियो ।

सन् २०२० को ग्रिष्मकालीन पारा ओलम्पिक खेल सुरु हुन अब ५०० दिन बाँकी रहेको छ ।

जापानको राजधानी टोकियोमा निर्माणाधिन नयाँ स्टेडियममा हुने ग्रिष्मकालीन खेलको भव्य उद्घाटन समारोह सुरु हुन शनिवारबाट ५ सय दिन बाँकी रहेको हो ।

आगामी बर्ष अर्थात् सन् २०२० को अगष्ट २५ तारिखमा २२ खेलमा १३ दिनसम्म खेलाडीहरुले पारा ओलम्पिक खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

सन् २०१६ मा ब्राजिलको रियो दि जेनेरोमा भएको पारा ओलम्पिक खेलमा जापानले एउटापनि स्वर्ण पदक जित्न नसकेपछि हाल आफ्ना खेलाडीलाई प्रशिक्षण तथा भौतिक पूर्वाधारमा ठूलो खर्च गरिरहेको छ ।

टोकियो पारा ओलम्पिक समितिले २२ स्वर्ण पदकको लक्ष्य सहित स्वर्ण पदक जित्ने देशको शिर्ष ७ देशभित्र पर्ने लक्ष्य राखेको बताईएको छ ।

शनिवार टोकियोमा हुने पारा ओलम्पिक खेलको २२ खेलका २३ चिन्हहरु प्रदर्शन समेत गरिएको छ ।