(JAPAN) 21 st July | 2019 | Sunday | 8:58:02 AM
(Nepal) 21 st July | 2019 | Sunday | 5:43:02 AM
 

आइसीसी यु–१९ विश्वकप छनोटमा नेपालद्धारा सिंगापुरलाई २८३ रनको लक्ष्य

  POSTED ON : Friday, 12 April, 2019 | Views : 160

आइसीसी यु–१९ विश्वकप छनोटमा नेपालद्धारा सिंगापुरलाई २८३ रनको लक्ष्य


काठमाडौं ।

आइसीसी यु–१९ विश्वकप छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २८३ रनको सम्मानजनक लक्ष्य दिएको छ ।

मलेसियामा आजदेखि सुरु भएको खेलमा रोहित पौडेलको कप्तानी इनिङमा राहिद खान र कमल सिंह ऐरीको उत्कृष्ठ ब्याटिङमा नेपालले ४६ ओभरमा सबै विकेट गुमाएपनि २८२ रनको योगफल बनाउन सक्यो ।

नेपालको लागि कप्तान रोहित पौडेल शतक बनाउनबाट चुके । उनले ९५ रनको उच्च योगफल बनाए । १०७ बल खेलेका उनले ७ चौका र एक छक्का प्रहार गरे ।

राशिद खानले आक्रामक ब्याटिङ गर्दै ४ चौका र २ छक्का प्रहार गर्दै ४६ रन जोड्दा अर्धसतक बनाउनबाट चुक्न पुगे ।

कमल सिंह ऐरीले तुफानी ब्याटिङ गर्दै १८ बलमा ३१ रन बनाए । उनले ३ छक्का प्रहार गरे । पवन शर्राफले ४७ र भीम शार्कीले २६ रन बनाए ।

२ सय ८३ रनको लक्ष्य पाएको सिंगापुरले भर्खर नेपाल बिरुद्ध ब्याटिंग थालेको छ ।