(JAPAN) 25 th May | 2019 | Saturday | 1:52:28 PM
(Nepal) 25 th May | 2019 | Saturday | 10:37:28 AM
 

तमु धीं नागोयाको आयोजनामा मे ४ मा प्रथम तमु धीँ नागोया फुटसल हुँदै

  POSTED ON : Tuesday, 12 March, 2019 | Views : 63

तमु धीं नागोयाको आयोजनामा मे ४ मा प्रथम तमु धीँ नागोया फुटसल हुँदै


टोकियो । 

तमु धीं नागोयाको आयोजनामा यही में ४ तारिक शनिवार प्रथम तमु धीं नागोया फुस्टल कप २०१९ हुने भएको छ ।

तमु धीं नागोया जापानका अध्यक्ष शिबा राम गुरुंगका अनुसार ‘स्वास्थ्यको लागी खेलकूद’ भन्ने मूल नाराको साथ फुटसल आयोजना हुन लागेको हो ।

प्रतियोगितामा विजेत हूने टीमले २२२,२२२ जापानिज येन, ट्रफी, मेडल र प्रमाणपत्र  पाउने भएको छ ।

प्रतियोगितामा दोस्रो हुने टीमले १ लाख ११ हजार १ सय ११ जापानिज येन, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल कीपर, उच्च गोलकर्ता र अनुशासित टीमलाई प्रमाणपत्र सहीत नगद पुरस्कारले सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।

तमु धीं नगोया जापानका खेल संयोजक युबा गुरुंगका अनुसार खेल में ४ तारिकको दिन बिहान १० बजे बाट संचालन हूने छ ।

तमु धीं नागोया जापानका अध्यक्ष शिबा राम गुरुंगका अनुसार खेलमा सहभागिता टीमले ३ मान येन दर्ता शुल्क बुझाउनुपर्नेछ ।