(JAPAN) 21 st July | 2019 | Sunday | 9:52:02 AM
(Nepal) 21 st July | 2019 | Sunday | 6:37:02 AM
 

एसईई परिक्षाको नतिजा प्रकाशन हुँदै, यस्तो छ अन्तिम तयारी

  POSTED ON : Tuesday, 25 June, 2019 | Views : 109

एसईई परिक्षाको नतिजा प्रकाशन हुँदै, यस्तो छ अन्तिम तयारी


काठमाडौं, नेपाल ।

माध्यमिक शिक्षा परीक्षा 'एसईई' को नतिजा प्रकाशनको अन्तिम तयारी भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईई नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी सकिएको छ । अहिले पुनः परीक्षणको काम भइरहेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बुधबारका राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर एसईई परिक्षाफल प्रकाशित गरिने अधिकारीले बताउनुभयो ।

बुधबार परिक्षाफल प्रकाशनको अन्तिम तयारी भईरहेको बताउँदै अधिकारीले कुनै प्राविधिक समस्या देखिएमा ढिलोमा विहीबारसम्ममा नतिजा प्रकाशन हुनेछ ।

विगतमा जेठ मसान्तदेखि असार एक÷दुई गतेभित्रै एसइईको नतिजा प्रकाशन हुने गरेकोमा बोर्डले करिब एक साता ढिला गरी नतिजा प्रकाशन गर्न लागेको हो । 

यसपटक प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

देशभर एकैसाथ १० चैतदेखि २१ सम्म परीक्षा सन्चालन भएको थियो । प्रदेश–२ मा भने २२ देखि २९ चैत्रसम्म परीक्षा सञ्चालन गरेको थियो । 

यसवर्ष सातै प्रदेशबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।

छात्रा दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र दुई लाख ३६ हजार चार सय छन् । यीमध्ये सामुदायिक विद्यालयबाट तीन लाख ४० हजार एक सय ९६ र निजीबाट एक लाख ३४ हजार आठ सय सहभागी छन् ।