(JAPAN) 21 st July | 2019 | Sunday | 8:56:45 AM
(Nepal) 21 st July | 2019 | Sunday | 5:41:45 AM
 

जापानमा रहेका बिदेशी कामदार, विद्यार्थी र बालबालिकाको लागि जापानी भाषा सिक्न सहज बन्ने

  POSTED ON : Sunday, 23 June, 2019 | Views : 170

जापानमा रहेका बिदेशी कामदार, विद्यार्थी र बालबालिकाको लागि जापानी भाषा सिक्न सहज बन्ने


टोकियो, जापान ।

जापान सरकारले यहाँ रहेका कामदार, विद्यार्थी, बालबालिका लगायत बिदेशीहरुको लागि जापानी भाषा अध्ययनमा सघाउने विशेष विधेयक संसदबाट पारित गरेको छ ।

जापानमा अध्ययन तथा काम गर्दै आएका बिदेशीहरुलाई जापानी भाषा सिक्न सहज माध्यम अपनाउन सहयोग पुग्नेगरि शिक्षा तथा विज्ञान प्रविधिबारेको विधेयक जापानको माथिल्लो सदनले पारित गरेको छ ।

जापानमा रहेका विदेशीहरुको भाषा सुधारमा सघाउने विषय समेटिएको उक्त बिधेयकले विदेशी नागरिकलाई रोजगारी दिने सम्वन्धित पक्षलाई जिम्मेवार पार्ने बताइएको छ ।

विधेयकले जापानी भाषाको प्रवद्र्धनको लागि स्थानिय निकाय र केन्द्र सरकारलाई आवश्यक कदम चाल्न बाध्य बनाउनेछन ।

विदेशी कामदारका लागि जापानी भाषा सिक्ने अवसर प्रदान गर्न र उनीहरुका परिवारलाई सहयोग गर्न व्यवसाय सञ्चालकहरुलाई बाध्य पार्ने बताइएको बिधेयक जापानमा भाषा सिकाईले रोजगारीका अवसर फराकिलो पार्ने भएकै कारण ल्याईएको हो ।

बढ्दो कामदार अभावका कारण गत अप्रिल महिनाबाट नेपाल सहित ९ देशबाट बिदेशी कामदार ल्याउने सम्वन्धि कानून लागू गरेको जापानले आगामी पाँच बर्षभित्रमा करिव ३ लाख ५० हजार बिदेशी कामदार भित्राउँदैछ ।

जापानमा रहेका बिदेशीहरुलेनै भाषाका कारण कठिनाई भोगिरहेको पाईएपछि जापान सरकारले हाल यहाँ रहेका सहित अब आउने बिदेशीहरुको लागि भाषामा सहयोग गर्दै बढ्दो कामदार अभावको आपूर्ति उनिहरुको भाषा सुधारबाट गराउन सक्ने विकल्पका रुपमा नयाँ उपाय अपनाएको देखिएको छ ।

यस्तो भाषा अध्ययनमा सघाउने विधिमा प्रत्यक्ष अध्ययन सहित अनलाईनको माध्यमबाट समेत सघाउने विषय रहेको बताईएको छ ।

बहुसंख्यक बिदेशीहरु जापानी कम्पनीहरुमा रोजगारीमा लाग्न नसक्नुमा भाषा प्रमूख समस्या बन्ने गरेका कारण उनिहरुको भाषा सुधार्न सकिएमा कामदारको चरम अभावलाई कम गर्न सकिने जापान सरकारको विश्वास छ ।

जापानमा सन् २०१२ मा १ लाख ४० हजार मात्र विदेशी विद्यार्थी रहेकोमा यो संख्या सन् २०१७ मा आईपुग्दा २ लाख ४० हजार पुगेको थियो । यसरी विद्यार्थी र प्रशिक्षार्थी सहित अन्य भिषामा आएका बिदेशी कामदारको भाषा सुधार गर्न सकिएमा जापानले बर्षेनी बढ्दो क्रममा रहेको कामदार अभावलाई कम गर्न सक्ने विश्वास लिएको देखिएको छ ।

Photo Source : The Japan Times