(JAPAN) 18 th June | 2019 | Tuesday | 3:41:50 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 12:26:50 PM
 

जापान विद्यार्थी भिषामा कडा नियम आयो ! नयाँ भिषामा कडाई, विवादित कलेजमा भिषा नलाग्ने

Sajina Moktan   POSTED ON : Wednesday, 12 June, 2019 | Views : 5360

जापान विद्यार्थी भिषामा कडा नियम आयो ! नयाँ भिषामा कडाई, विवादित कलेजमा भिषा नलाग्ने


टोकियो, जापान ।

दुई बर्षको बिचमा टोकियो युनिभर्सिटि र ग्राजुएट स्कूल अफ सोसियल वेलफेयरका १६ सय विद्यार्थी बेपत्ता भएपछि जापान सरकारले जापान विद्यार्थी भिषामा थप कडाई गर्ने निर्णय गरेको छ ।

टोकियो युनिभर्सिटीका १६ सय विद्याथी बेपत्ता हुनुमा विद्यालयको पनि गम्भिर लापरवाही हुनेगरेको पाईएपछि जापान सरकारले जापानभरका विद्यालयलाई बिदेशी विद्यार्थी लिन कडा नियममा बाध्ने भएको छ ।

जापानको शिक्षा मन्त्रालय तथा अध्यागमन विभागले विदेशी विद्यार्थीको भिषामा कडाई गरेको पुष्टि गर्दै विवादीत कलेजहरुमा थप विदेशी विद्यार्थीको भिषा आवेदन स्विकृत नहुने स्पष्ट पारेको छ ।

शिक्षा मन्त्रालय र इमिग्रेशन ब्यूरोले टोकियो युनिभर्सिटीको टोकियो, गुन्मा र नागोयामा रहेका ४ क्याम्पसहरुमा गत मार्च देखि मे महिनाको वीचमा अनुगमन गर्दा १६ सय बढी बिदेशी विद्यार्थी बेपत्ताको काण्ड सार्वजनिक भएको थियो ।

सो काण्डपछि विद्यार्थीको रुपमा आएर सम्पर्कविहिन भएका मध्ये केहीले एकदिनपनी विद्यालय नलिएको र सबैजसोको जापानी भाषा एकदम कमजोर रहेको पत्ता लागेको छ ।

'जापानी भाषा विद्यालयको लागि यस्ता कडा प्रावधान आउँदै, विद्यार्थीहरुलाई पर्नसक्छ असर 

जापानमा विदेशी विद्यार्थी गैरकानूनी काममा संलग्न र भिसाको म्यादभन्दा बढी समय बस्ने, शरणार्थी आवेदन दिने जस्ता गतिविधिले जापानको सुरक्षा व्यवस्थामानै चुनौति थपिएको निस्कर्ष सहित जापान सरकारले विदेशी विद्यार्थीको भिषा देखी जापानमा भिषा नविकरणमा व्यापक कडाई थालेको हो ।

कक्षामा न्यूनतम ७० प्रतिशत उपस्थित हुनुपर्ने नियम सहित विद्यार्थीहरुलाई कडा नियममा बाँध्न थालेको जापान सरकारले जापान अध्ययनको नाममा भिषा लगाएर काम र कमाउन आउने धेरै पाईएको जनाएको छ ।

जापानमा बिदेशी बिद्यार्थीमाथि कडा नियम लागू ! नियम उल्लंघन गर्ने विद्यालय बन्द देखी विद्यार्थीलाई आफ्नै देश फिर्ता

जापान आउनुअघि निश्चित तहको भाषा, जापान अध्ययनकै लागि आउने र अध्ययनको लागि खर्चको वास्तविक श्रोत देखाउन सकेमात्र अब बिदेशी विद्यार्थीले भिषा पाउने जापानका अध्यागमन अधिकारीहरुले जनाएका छन् ।