(JAPAN) 19 th September | 2019 | Thursday | 5:24:17 PM
(Nepal) 19 th September | 2019 | Thursday | 2:09:17 PM
 

जापानको नारिता बिमानस्थलमा पासपोर्ट र व्यक्ति मेसिनलेनै चेकजाँच गर्ने

Jack Khadka   POSTED ON : Saturday, 01 June, 2019 | Views : 176

जापानको नारिता बिमानस्थलमा पासपोर्ट र व्यक्ति मेसिनलेनै चेकजाँच गर्ने


टोकियो, जापान ।

जापानको नारिता अन्तर्राष्ट्रिय बिमानस्थलमा आगामी बर्षबाट पासपोर्ट र व्यक्ति पहिचान गर्ने मेसिन प्रयोगमा ल्याईने भएको छ ।

जापानको प्रमुख अन्तर्राष्ट्रिय बिमानस्थलको रुपमा रहेको राजधानी टोकियो नजिक रहेको नारिता बिमानस्थलले बढ्दो बिदेशी पयर्टकको आगमनको चापलाई व्यवस्थित बनाउन यस्तो प्रविधि प्रयोगमा ल्याउन लागेको जनाएको छ ।

नयाँ प्रणाली अनुसार कुनैपनि यात्रीले बिमानस्थलमा जडान गरिएको मेसिनमा आफ्नो पासपोर्ट राखेपछि सोही आधारमा व्यक्तिको फोटो खिचेर सम्पूर्ण विवरण चेक गर्नेछ ।

पासपोर्टको फोटो र व्यक्ति मिले नमिलेको लगायत डाटा चेक गर्ने उक्त मेसिनले सबै तथ्यांक मिलेमा मात्र प्रवेशको लागि ढोका खोल्नेछ ।

बढ्दो श्रम शक्ति अभावलाई टार्न नारिता बिमानस्थलले आसन्न टोकियो ओलम्पिक तथा पारा ओलम्पिक अघि यस्तो मेसिन प्रयोगमा ल्याउने तयारी गरेको छ ।

सन् २०१८ मा १ करोड ८० लाख पर्यटक आगमन भएको जापानमा आगामी बर्ष ओलम्पिकका कारण यो संख्या बढेर २ करोड ५० लाख नाघ्ने अपेक्षा गरिएको छ ।