(JAPAN) 19 th September | 2019 | Thursday | 5:53:11 PM
(Nepal) 19 th September | 2019 | Thursday | 2:38:11 PM
 

नझुक्किनुहोला ! नारिता एयरपोर्टमा रोबोर्टले सुरक्षा गस्ती लगाउन थालेको छ

Gokarna Adhikari   POSTED ON : Friday, 31 May, 2019 | Views : 360

नझुक्किनुहोला ! नारिता एयरपोर्टमा रोबोर्टले सुरक्षा गस्ती लगाउन थालेको छ


टोकियो, जापान ।

जापानको राजधानी टोकियो नजिक रहेको नारिता अन्तर्राष्ट्रिय बिमानस्थलको सुरक्षामा रोबोर्टले गस्ती गर्न थालेको छ ।

ऐयरपोर्ट सञ्चालक कम्पनीले बुधवारबाट परिक्षणको रुपमा रोबोटलाई सुरक्षा निगरानीको लागि खटाएको छ ।

आसन्न २०२० टोकियो ओलम्पिक तथा पाराओलम्पिकलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउने क्रममा रोबोट परिचालन गरिएको बिमानस्थल सञ्चालक कम्पनीले जनाएको छ ।

आगामी जुन ३ तारिखबाट काम सुरुगर्ने रोबोटले कसरी बिमानस्थलको सुरक्षा गर्छ भन्ने बारेमा बुधवार जापानी पत्रकारहरुलाई देखाईएको छ ।

१ मिटर २० सेन्टिमिटर लामो यो रोबोट ३ सय ६० डिग्रिसम्म घुमेर यसमा जडित क्यामराको सहायताले सबैतिर निगरानी गर्न सक्छ ।

रोबोटमा बिमानस्थलमा अवरोध हुनसक्ने खालको अवस्था तथा संकास्पद गतिविधि लगायतबारे थाहा पाउने संवेदनशिल धातु र सूचक लगायतको उपकरण जडान गरिएको छ ।


टर्मिनल भवन भित्र आफ्नो अगाडी कुनै बाधा आएमा त्यसलाई कुशलतापूवर्क पार गर्दै सुरक्षा निगरानी गर्ने क्षमता रोबोटमा रहेको निर्माता कम्पनीले बताएको छ ।

जापानमा पहिलोपटक सुरक्षाको लागि बिमानस्थलमा रोबोट परिचालन हुन लागेको नारिता बिमानस्थलका अधिकारीहरुले जानकारी दिएका छन् ।

बढ्दो कामदार अभाव तथा बिदेशी नागरिकहरु काम तथा पर्यटकका रुपमा जापान आगमन बढिरहँदा जापानले केही रेल स्टेशन सहित व्यवसायिक एवं व्यापारिक भवनहरुमा यस्तो खाले रोबोट यसअघिनै प्रयोग गर्दै आएका छन् ।