(JAPAN) 19 th September | 2019 | Thursday | 5:42:57 PM
(Nepal) 19 th September | 2019 | Thursday | 2:27:57 PM
 

जापानी अनुसन्धानकर्ताले पत्ता लगाए बर्षा र बाढी आउनुअघिनै जानकारी दिने नयाँ प्रणाली

  POSTED ON : Tuesday, 21 May, 2019 | Views : 360

जापानी अनुसन्धानकर्ताले पत्ता लगाए बर्षा र बाढी आउनुअघिनै जानकारी दिने नयाँ प्रणाली


टोकियो, जापान ।

जापानका अनुसन्धानकर्ताहरुले राजधानी टोकियोमा भारी बर्षा तथा बाढी आउनसक्ने अवस्थामा त्यसको पूर्व जानकारी दिने प्रणालीको बिकास गरेका छन् ।

वासेदा र टोक्यो युनिभर्सिटीका अनुसन्धानकर्ता सहित अन्य अनुसन्धानकर्ताहरु समेतको सहभागीतामा निर्माण गरिएको प्रविधिद्धारा टोकियोमा बर्षा र बाढी थाहा पाउने प्रणालीको बिकास गरिएको हो ।

नयाँ प्रणालीले राजधानी टोकियोको २३ वटै वडामा मुसलधारे बर्षाका कारण यहाँको खोलाहरुमा बढ्ने पानीको स्तर तथा बाढीको अनुमान सहित पूर्व जानकारी उपलब्ध गराउनेछ ।

यो प्रणालीबाट राडारबाट प्राप्त मौसमको आँकडा सहित अन्य आँकडाको मद्दतबाट विस्तृत विवरण उपलब्ध हुनेछ ।

जसमा सडकमा पानीको स्तर, ठूला भवनहरु, नदि, सडक किनारका पानी निकासहुने स्थानहरुको बारेमा समेत भारी बर्षा भएको समयको विवरण प्राप्त हुनेछ ।

नयाँ प्रणालीको सहयोगले बाढी आउनु ३० मिनेट अघिनै सम्भाव्य त्यस्तो सूचना उपलब्ध गराउनेछ । अनुसन्धानकर्ताहरुले बर्षाको मौसम पूर्वानुमान सहित जमिनको अवस्थाको वारेमा समेत विवरणहरु सामेल गरिएको बताएका छन् ।

यस्तो विस्तृत जानकारी पाउन सकिने विवरण छिट्टै वेवसाईट मार्फत उपलब्ध हुनेछ ।

नयाँ प्रणालीबाट सम्भावित बाढी तथा अन्य जोखिमको पूर्वानुमान गर्न सहज हुने र आवश्यक कदम चाल्न सम्वन्धित निकाय र नागरिकहरुलाई समेत सहज हुने विश्वास व्यक्त गरेका छन् ।