(JAPAN) 18 th June | 2019 | Tuesday | 4:32:17 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 1:17:17 PM
 

एनआरएनए जापानको सहकार्यमा १ सय विद्यार्थीले पाउने छात्रबृत्ति आवेदन दिने तरिका र फाराम सहित

  POSTED ON : Saturday, 18 May, 2019 | Views : 2057

एनआरएनए जापानको सहकार्यमा १ सय विद्यार्थीले पाउने छात्रबृत्ति आवेदन दिने तरिका र फाराम सहित


टोकियो ।

गैर आवासिय नेपाली संघ जापानको सहकार्यमा ईह्नो नामको जापानी संस्थाले प्रति महिना ३ मानको दरले एकसय जना नेपाली विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्तिको आवेदन खुल्ला गरिएको छ ।

जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई अध्ययनमा सहयोग तथा जेहेन्दार विद्यार्थीलाई हौसला प्राप्त हुने अपेक्षा सहित गतबर्ष ३० जनाका लागि प्रदान गरिएको छात्रवृत्ति यसबर्ष बढाएर १ सय जनालाई प्रदान गर्न लागिएको हो ।

जापानमा भाषा स्कुल तथा भोकेसनल कलेज र विश्वविद्यालयमा अध्ययनरत जेहेन्दार तथा लगनशील विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने बताईएको छ ।

तल उल्लेखित मापदण्ड अनुसार आवेदन दिएका मध्ये १ सय जना नेपाली विद्यार्थीहरुले दुई बर्षको लागि प्रति महिना ३ मान जापानी येनका दरले छात्रबृत्ति पाउने एनआरएनए जापानका महासचिव बुद्धिराज घिमिरेले जापानसमाचारडटकमलाई जानकारी दिनुभयो ।

जापानमा जेहेन्दार १०० विद्यार्थीले एनआरएनए जापानको समन्वयमा छात्रवृत्ती पाउने 

छात्रबृत्ति आवेदन दिने मापदण्ड यस्तो रहेको छ

A. यो छात्रवृति को जम्मा अबधि २ बर्ष को हुनेछ । २ वर्ष पछि फेरी अर्को २ बर्ष को लागि आबेदन गर्न सकिन्छ ।

B. यो छात्रवृति पाउन को लागि आँफु पढेको बिद्यालय/कलेज बाट सिफारिस लिनु पर्ने हुन्छ ।

* सिफारिस को फारम IHNO को बाट उपलब्ध हुनेछ ।

* बिद्यालय/कलेज परिवर्तन भएको बेला नया बिद्यालय या कलेज बाट सिफारिस लिनु पर्नेछ ।

C. हप्ता मा २८ घण्टा को आरुबाइतो को नियम पालना गरेको हुनु पर्नेछ ।

बिदा को बेलामा हप्ता मा ४० घण्टा सम्म गर्न मिल्ने , तर दिन को काम गर्ने घण्टा ८ घण्टा भन्दा बढी हुन हुँदैन ।

D. प्रतेक महिना IHNO बाट दिइएको मिति सम्म मा काम को विवरण इमेल मार्फत पठाउनु पर्नेछ ।


आवश्यक कागजातहरु

१. IHNO आबेदन फारम (बिद्यालय ले सिफारिस गर्ने फारम सहित २ पेज)

२. बैंक को खाता नम्बर र खाता को नाम बुझिने पासबुकको कपि

३. हस्त लिखित जापानी भाषामा निबन्ध । (पढाई को लागि किन जापान रोज्नु भयो ?) जापानी भाषा बिद्यालय को बिधार्थी ४०० शब्द , अरु ले ८०० शब्द।

(IHNO ले उपलब्ध गराउने पेपर मा लेख्ने)

४. रेसिडेन्ट कार्ड को फोटो कपि।

५. आँफु पढ्ने बिद्यालय को स्युसेकी सेइसेकि प्रमाण पत्र।

६. अन्य जापान मा प्राप्त गर्नु भएका सर्टिफिकेट (JLPT) जस्ता प्रमाण पत्र ।

नोट :-

१. NRNA जापान को सिफारिश मा पाइने यो छात्रवृति को आबेदन को लागि NRNA,जापान को सदस्यता लिनु अनिबार्य छ । सदस्यता नलिएको बिद्यार्थीहरुले NRNA , जापान को सदस्यता लिएर मात्रै आबेदन दिनुहोला ।

२. अन्तिम मिति २०१९ जुन १५ तारिक भित्र फारम भरि आवेदन गरिसक्नु पर्ने छ ।

३. तपसिल ठेगनामा कागजपत्र पठाउनु होला ।

〒100-0014

東京都千代田区永田町2-17-17アイオス永田町505

छात्रबृत्ति आवेदन फारामको लागि यहाँ क्लिक गर्नुहोस्