(JAPAN) 25 th May | 2019 | Saturday | 2:08:19 PM
(Nepal) 25 th May | 2019 | Saturday | 10:53:19 AM
 

जापानमा एयु मोबाईलले ४० प्रतिशतसम्म शुल्क घटाउँदै

  POSTED ON : Tuesday, 14 May, 2019 | Views : 1960

जापानमा एयु मोबाईलले ४० प्रतिशतसम्म शुल्क घटाउँदै


टोकियो, जापान ।

जापानको ठूलो मोबाईल फोन सेवा कम्पनी मध्येको एक एयुले मोबाईल फोनको शुल्क ४० प्रतिशतसम्म घटाउने भएको छ ।

आगामी जुन महिनाबाट लागू हुनेगरि हाल लागू टेलिफोनको योजनाहरुभन्दा ४० प्रतिशत सम्म सस्तो योजना ल्याउने भएको हो ।

केडिडिआई कर्पोरेशन अन्र्तगतको एयुले जुन १ तारिखबाट मोबाईल फोनको मासिक शुल्क घटाउने भएको हो ।

जापान सरकारले दुरसंचार नीति मार्फत मोबाईल फोन सेवाप्रदायकलाई प्रतिष्पर्धि मुल्य निर्धारण गर्न निर्देशन दिएपछि एयुले आफ्नो शुल्क घटाउन लागेको हो ।

जुन १ बाट एयु मोबाईल प्रयोगकर्ताहरुले ३ प्रकारका नयाँ शुल्क योजनाहरु छनौट गर्न पाउनेछन् ।

पहिलोमा २९८० येनको १ जिबी सम्म ईन्टरनेट तथा फोन सेवा सहितएको योजना रहेको छ ।

जापानमा बिदेशीहरुका लागि मोबाईल लिन यस्तो सहज व्यवस्था आउँदै 

एक भन्दा बढि पारिवारका सदस्यहरुले एयु मोबाईल प्रयोग गरेको खण्डमा मासिक बिलमा १ हजार येन छुट समेत पाउनेछन् ।

दोस्रो अनलिमिटेड ईन्टरनेट डाटा योजनामा ग्राहकहरुले मासिक ८ हजार ९ सय ८० येनमा अनलिमिटेड ईन्टरनेट सेवा लिन सक्नेछन् ।

त्यस्तै अर्को नयाँ योजनामा, मासिक ५ हजार ५ सय ८० येनमा ७ जिबी ईन्टरनेट चलाउन सकिने छ ।

जापान सरकारले टेलिफोन सेवा प्रयादक कम्पनीहरुले सेवाग्राहीबाट बढी शुल्क लिएको तथा छनौटमा सिमितता गरेको गुनासोका बिच सबै टेलिफोन सेवा कम्पनीहरुलाई नयाँ निर्देशन दिएको थियो ।

सरकारी निर्देशनपछि सफ्टबैंक, एनटिटि, दोकोमो लगायत कम्पनीहरुले पनि आफ्ना सेवा तथा शुल्कमा हेरफेर गरिरहेका छन् ।

एयु मोबाईल कम्पनी अन्र्तगतको केडिडिआईले भने सन् २०१७ अघि सार्वजनिक शुल्क योजनाको तुलनामा ग्राहकहरुले ४० प्रतिशत सस्तोमा उही सेवा पाउने बताएको छ ।