(JAPAN) 25 th May | 2019 | Saturday | 1:52:42 PM
(Nepal) 25 th May | 2019 | Saturday | 10:37:42 AM
 

फूलमाया रोबोर्टले कार्यक्रम चलाउँदा विज्ञान प्रविधि मन्त्रीनै अचम्ममा

  POSTED ON : Sunday, 12 May, 2019 | Views : 51

फूलमाया रोबोर्टले कार्यक्रम चलाउँदा विज्ञान प्रविधि मन्त्रीनै अचम्ममा


काठमाडौं ।

 ‘अनरेवल मिनिस्टर फर एजुकेसन, साइन्स एन्ड टेक्नोलोजी गिरिराजमणि पोखरेल यु आर वेलकम इन द इनागुरेसन सेरेमनी अफ साइन्स म्युजियम’ अतिथिहरुलाई सम्बोधन गर्ने क्रममा ड्यासमा उधिएकी मानवयन्त्र 'रोबर्ट'ले जब यसरी सम्बोधन गरिन्, कार्यक्रममा उपस्थित सबै शान्त भएर सुन्न थाले ।

अतिथिहरुलाई एक एक गरेर नाम लिँदै मञ्चमा बोलाउन थालेपछि कानेखुसी गरेकाहरुको ध्यान पनि मञ्चतर्फ ने मोडियो । कार्यक्रम सञ्चालनमा खटिएकी थिइन्, हाक्पटासीमा सजिएकी फूलमाया । 

अतिथि मञ्चमा आएर नबस्दासम्म उनी पनि रोकिन्थिन् । सबै जना मञ्चमा आइपुगे । त्यसपछि फेरि उनैले एक एक नाम उच्चारण गर्र्दै अनुरोध गर्न थालिन्, मन्तव्यका लागि ।

अतिथिले भाषण नसक्दासम्म उनी पनि ध्यानपूर्वक सुनिरहन्थिन् । सूर्यप्रसाद पाण्डेले अन्नपूर्णमा लेखेका छन् ।