(JAPAN) 25 th May | 2019 | Saturday | 2:34:10 PM
(Nepal) 25 th May | 2019 | Saturday | 11:19:10 AM
 

जापानमा जेहेन्दार १०० विद्यार्थीले एनआरएनए जापानको समन्वयमा छात्रवृत्ती पाउने

  POSTED ON : Saturday, 11 May, 2019 | Views : 292

जापानमा जेहेन्दार १०० विद्यार्थीले एनआरएनए जापानको समन्वयमा छात्रवृत्ती पाउने


टोकियो ।

जापानमा अध्ययनरत जेहेन्दार नेपाली विद्यार्थीहरु मध्ये १ सय जनाले गैरआवासीय नेपाली संघ जापानको समन्वयमा छात्रवृत्ती पाउने भएका छन् ।

गत बर्ष ३० जना नेपाली विद्यार्थीको लागि छात्रबृत्ति उपलब्ध गराएको ईन्टरनेशनल ह्युम्यान रिसोर्स नेटवर्क नामको जापानी संस्थाले यस्तो छात्रबृत्ति उपलब्ध गराउन लागेको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत योसिहारु कोमियामा र एनआरएनए जापानका अध्यक्ष टाशी वांग्दी लामाले नेपाली विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराउने विषयमा यही मे ८ तारिखका दिन सम्झौतामा हस्ताक्षर समेत गरेका छन् ।

दुई संस्थाबिच गत बर्षभएको सम्झौता अनुसार नेपाली जेहेन्दार तथा लगनशील बिद्यार्थीलाई उपलब्ध गराईएको छात्रवृत्ति कोटा बढाउँदै यस बर्ष १ सय पुर्याईएको हो ।

गत बर्ष ३० जना जेहेन्दार नेपाली विद्यार्थीले पाएको छात्रवृत्तिको समय सकिनै लाग्दा नयाँ समझदारीमा हस्ताक्षर भएको हो ।

सम्झौताबाट जापानी भाषा विद्यालय तथा विश्व विद्यालयको चर्को शुल्क तथा जापानको महंगो जीवनशैलिका कारण आर्थिक अभाव खेप्न विवस नेपाली विद्यार्थीहरुमध्ये थोरै मात्र संख्यामा भएपनि यसबाट लाभान्वित हुने देखिएको छ ।

छात्रबृत्तिबाट कमाईका अलावा अध्ययनलाई बढी महत्व दिएका जेहेन्दार विद्यार्थीहरु बढी लाभान्वित हुने देखिएको छ ।

छात्रवृत्ति योजनामा छनौट हुन सफल विद्यार्थीले पाउने रकम तथा यसको दायरा र आवेदन लगायतका विषयमा केहीदिन भित्रमानै विस्तृत जानकारी सार्वजनिक गर्ने एनआरएनए जापानका महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो