(JAPAN) 26 th April | 2019 | Friday | 7:27:13 PM
(Nepal) 26 th April | 2019 | Friday | 4:12:13 PM
 

नेपालमा भएको लगानी सम्मेलनमा जापानी प्रतिनिधिको सुचना प्रविधिमा जोड

  POSTED ON : Sunday, 07 April, 2019 | Views : 113

नेपालमा भएको लगानी सम्मेलनमा जापानी प्रतिनिधिको सुचना प्रविधिमा जोड


टोकियो ।

नेपालमा भएको लगानी सम्मेलन २०१९ अन्र्तगत सूचना प्रविधिसम्बन्धी सत्रमा जापानी प्रतिनिधिहरुले विकास र बिदेशी लगानी भित्राउँदा सूचना प्रविधिमा जोड दिनुपर्ने बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी तथा विदेशी उद्यमी र व्यवसायीलाई लगानी गर्न आह्वान गर्दै गरेको सम्मेलनको सूचना सम्वन्धि सत्रमा जापानसँगै भारतको समेत सहभागीता रहेको थियो ।

जापानको सुमितोमो कम्पनीका महाप्रबन्धक मासाहिरो मियासिताले डिजिटल रुपान्तरणका लागि ड्रोन, रोवर्ट र सफ्टवेयरको प्रयोग गरी शिक्षा, कृषिलगायत क्षेत्रलाई सबल बनाउन सकिने वताए ।

उनले दिगो विकासका लक्ष्य हासिल गर्न पनि सूचना प्रविधिको प्रयोग आवश्यकता रहने भन्दै नेपाललाई सहयोग गर्न आफूहरु तयार रहेको भन्दै प्रतिवद्धता व्यक्त गरे ।