(JAPAN) 26 th April | 2019 | Friday | 7:29:59 PM
(Nepal) 26 th April | 2019 | Friday | 4:14:59 PM
 

जापानको प्रविधि प्रयोगको अर्को चमत्कार ! अब सामान किन्दा न पसले देखिने, न पैसा नै चाहिने

  POSTED ON : Thursday, 04 April, 2019 | Views : 1049

जापानको प्रविधि प्रयोगको अर्को चमत्कार ! अब सामान किन्दा न पसले देखिने, न पैसा नै चाहिने


टोकियो, जापान ।

जापान प्रविधि प्रयोगको उच्चतम बिन्दुमा पुगिसकेको छ भन्दा अत्युक्ति नहोला । किन भने ओद्योगीक उत्पादन देखी सेवा र आधुनिकिकरणका हरेक क्षेत्रमा प्रविधिको प्रयोगबाट सयौं गुणा सहज र गुणस्तरिय काम गर्दै आएको जापानले अर्को नयाँ उच्चतम प्रयोगको परिक्षण थालेको छ ।

त्यस्तो नयाँ परिक्षण भने पसल सञ्चालनको हो । जापानमा सुविधाजनक सामान खरिद गर्ने स्टोरमा अब उच्चसुविधा थप्दै सामान बेच्ने विक्रेता बिनै सामान खरिद गर्न सकिने भएको छ । त्यो पनि आफुले साथमा पैसा बोकिराख्नु नपर्ने । पैसा मात्र होईन कुनै कार्ड वा कागजात पनि आवश्यक पर्नेछैन ।

तपाई नझुक्किनुहोला बिना पैसा सित्तैमा सामान भने पाईने छैन । तर पैसा दिंदै खुचुरा खोज्दै वा राख्नुपर्ने समस्या अनि चेक, साईन वा पासवर्ड हानिराख्नुपर्ने झण्झट भने व्यहोर्नुपर्नेछैन ।

जापानी समाचार संस्थाहरुका अनुसार जापानको प्रमुख कन्भिनियन्स स्टोर चेन लसन इङ्कले एउटा यस्तो पसल सञ्चालनमा ल्याएको छ जसमा मान्छेले गर्ने सबै काम मेसिनले गर्नेछ ।

तत्कालको लागि लसनले रात्रिकालिन पसल सञ्चालनमा मानवरहित सञ्चालनको परिक्षण राजधानी टोकियोको योकोहामामा थाल्ने भएको छ ।

विश्व विख्यात जापानी ईलोक्ट्रोनिक्स कम्पनी पानासोनिकले लसनसँग मिलेर निर्माण गरिरहेको यस्तो कन्भिनियन्स स्टोर केही महिना भित्रमै सञ्चालनमा आउने भएको छ ।

यस्तो स्टोर  रातको ११ बजेबाट बिहानको ५ बजेसम्म स्वचालित रुपमा चल्नेछन् । जसमा ग्राहकहरुले स्मार्टफोन एपको माध्यमबाट पसलको ढोका खोलेर भित्र छिर्न सक्नेछन् ।

त्यतिमात्र होईन आफ्नो मोबाईलमा रहेको एपबाटै सामानमा टाँसेको बारकोड स्क्यान गरेर सामान खरिद गर्नसक्नेछन् । तर यसको पैसा भने ग्राहकको बैंक खाताबाट काटिनेछ ।

यसको लागि ग्राहकको अनुहार स्क्यान गरेरै उनिहरुको बैंक खाता पहिचान गरि खाताबाट रकम कटौती हुनेछ । तर यसको लागि तत्कालको लागि लसनमा दर्ता भएका ग्राहक अर्थात् सदस्य भएको भने हुनुपर्नेछ ।

जसले उनिहरुको विवरण अनुहारको स्क्यानपछि मिल्दो फोटो अनुसारको व्यक्तिको खाता उपलब्ध गराएर त्यसमा पासवर्ड राख्नुपर्ने काम मात्र गर्नुपर्नेछ ।

यस्तो पसलको वरपर सिसि क्यामराको संख्या बढाउनुका साथै कर्मचारीहरुको नियन्त्रणमा रहने त्यस्तो निरिक्षणलाई सिस्टमले स्टोरमा सकिएका सामानबारे जानकारी पठाउने, सरसफाई गर्नुपर्ने तथा अन्यबारे सूचना पठाउनेछ ।

तर यस्तो स्वचालित समयको अवधिमा भने मदिरा, चुरोट जस्ता वस्तु विक्री हुनेछैन ।

बढ्दो बृद्ध व्यक्तिहरुको जनसंख्या अनि घट्दो जन्मदरका बिच श्रम गर्नसक्ने जनशक्ति अभाव बढ्दै जाँदा जापानमा श्रमिक अभाव बढ्दै गएको छ ।

यसको समाधान गर्न बिदेशी कामदार ल्याउने प्रक्रिया थालेको जापानले प्रविधि प्रयोग गरेर समेत श्रमिक अभावको समस्यालाई कम गर्न प्रविधिको प्रयोगमा उच्चतम जोड दिंदै आएको छ ।