(JAPAN) 21 st July | 2019 | Sunday | 8:57:10 AM
(Nepal) 21 st July | 2019 | Sunday | 5:42:10 AM
 

जापानमा ८ बर्षमा ६० हजार नेपाली विद्यार्थी आईपुगे, बिदेशजाने कामदार घटे-विद्यार्थी बढे

Jack Khadka   POSTED ON : Wednesday, 03 April, 2019 | Views : 787

जापानमा ८ बर्षमा ६० हजार नेपाली विद्यार्थी आईपुगे, बिदेशजाने कामदार घटे-विद्यार्थी बढे


टोकियो ।

बैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा केही कमी आउँदा विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या भने बर्षेनी बढ्दो छ ।

सरकारको पछिल्लो ८ वर्षको तथ्यांक अनुसार हरेक बर्ष बिदेश अध्ययन गर्न जाने नेपालीको संख्या बढ्दो छ ।

विगत ८ वर्षमा अध्ययनका लागि सरकारसँग अनुमति लिएर २ लाख ९० हजार विद्यार्थी विभिन्न देश पुगेका छन् । ८ बर्षको बिचमा अध्ययन गर्न विदेश जाने विद्यार्थीको संख्या ५ गुणाले बढेको छ ।

नेपाली विद्यार्थीहरुको बिदेश अध्ययनको लागि पहिलो रोजाइमा अष्ट्रेलिया, जापान दोस्रोमा परेको छ ।


८ वर्षमा करिब ४२ प्रतिशत विद्यार्थी अष्ट्रेलिया अध्ययनका लागि पुगेका छन् । यो अवधिमा करिब ७७ हजार विद्यार्थी अष्ट्रेलिया पुगेका छन् ।

दोस्रोमा रहेको जापानमा विगत ८ वर्षमा करिब ६० हजार विद्यार्थी अध्ययनका लागि जापान आईपुगेका छन् ।

गत आर्थिक वर्षमा अष्ट्रेलियापछि जापानमा सबैभन्दा बढी विद्यार्थी आएका छन् ।


गत आर्थिक वर्षमा ३४ हजार २ सय १२ विद्यार्थीले अष्ट्रेलिया जान मन्त्रालयबाट अनुमति लिएका थिए भने जापानका लागि १७ हजार ३ सय ६७ जना विद्यार्थीले अनुमति लिएको पाईएको छ ।

आम्दानी र भिसा पनि सहज भएका कारण अष्ट्रेलिया पछि धेरै विद्यार्थीको रोजाई जापान पर्ने गरेको छ ।

चालू आर्थिक वर्षको ८ महिनामा मात्र अध्ययनका लागि ४३ हजार ५ सय ७१ जना विद्यार्थीले विदेशमा अध्ययनमा जान शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ ९एनओसी०’ लिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक शिक्षा अनुमति शाखाले जानकारी दिएको छ ।

‘एनओसी’ लिनेमध्ये ९० प्रतिशत विद्यार्थीले सम्बन्धित देशका कलेजबाट भिसा प्राप्त गर्ने गरेको शाखाले जनाएको छ । यसरी सरकारसँग ‘एनओसी’ लिएका विद्यार्थी अध्ययनका लागि ७३ वटा देश पुग्ने गरेका छन् ।

Photo Source : Facebook