(JAPAN) 21 st July | 2019 | Sunday | 9:01:32 AM
(Nepal) 21 st July | 2019 | Sunday | 5:46:32 AM
 

क्योतो विश्वविद्यालय जापानको उत्कृष्ठ विश्वविद्यालय बन्न सफल, तपाईले पढ्ने विश्वविद्यालय कति नम्वरमा पर्यो ?

Gokarna Adhikari   POSTED ON : Saturday, 30 March, 2019 | Views : 484

क्योतो विश्वविद्यालय जापानको उत्कृष्ठ विश्वविद्यालय बन्न सफल, तपाईले पढ्ने विश्वविद्यालय कति नम्वरमा पर्यो ?


टोकियो ।

जापानको ३ सय ३० वटा विश्व विद्यालयमध्ये क्योतो विश्वविद्यालय जापानको उत्कृष्ठ विश्वविद्यालय बन्न सफल भएको छ ।

टाईम्स हायर एजुकेशनले गरेको राष्ट्रव्यापी सर्वेक्षणमा क्योतो विश्वविद्यालय जापानको उत्कृष्ठ विश्वविद्यालय बन्दा युनिभर्सिटी अफ टोकियो र तोहोकु युनिभर्सिटी क्रमश उत्कृष्ठ विश्वविद्यालयमा परेका छन् ।

क्युशु युनिभर्सिटी चौथो तथा होक्काईदो युनिर्भसिटी र नागोया युनिभर्सिटी संयुक्त रुपमा पाचौं उत्कृष्ठ विश्वविद्यालयमा परेका छन् ।

विश्वविद्यालयको श्रोतसाधन, संलग्नता, परिणाम, वातावरण तथा अनुसन्धानको गुणस्तरियता आदिलाई ध्यान दिएर गरिएको सर्वेक्षणमा क्योतो विश्वविद्यालय जापानभरिकै उत्कृष्ठ दरिएको हो ।

यसैगरि पाठ्यक्रम अनुसार विद्यार्थीहरुको उपस्थिति, बौद्धिक जनशक्ति उत्पादन, सोध तथा अनुसन्धानमा लगानी, शैक्षिक प्रतिष्ठानको प्रतिष्ठा समेतलाई आधार बनाएर उत्कृष्ठ विश्वविद्यालय छनौट गरिएको हो ।

शैक्षिक तथा विश्वविद्यालयको वातावरण लगायत १६ विभिन्न आधारमा चयन गरिएको जापानको उत्कृष्ठ विश्वविद्यालयमा अकिता ईन्टरनेशनल युनिभर्सिटी दशौं तथा ईन्टरनेशनल क्रिश्चियन युनिभर्सिटी एघारौं, वासेदा युनिभर्सिटी १३ औं र केइयो युनिभर्सिटी चौथौं नम्वरमा परेको छ ।

विश्वको उत्कृष्ठ विश्वविद्यालयको सूचिमा जापानको विश्वविद्यालय सबैभन्दा राम्रोमा ४२ औं स्थानमा रहेको छ । जापानको उत्कृष्ठ विश्विद्यालय छनौट गरेको टाईम्स हायर एजुकेशनलकै वेवसाईटमा मार्च ३० तारिख मध्यरात हेर्दा ४२ औं नम्वरमा युनिभर्सिटी अफ टोकियो रहँदा ६५ औं नम्वरमा क्योतो युनिभर्सिटी रहेको पाईएको छ ।

विश्वकै उत्कृष्ठ विश्वविद्यालयमा भने बेलायतको युनिभर्सिटी अफ अक्सफोर्ड रहेको छ । दोस्रो नम्वरमा पनि बेलायतकै अर्को विश्वविद्यालय युनिभर्सिटी अफ क्याब्रिज रहँदा तेस्रो नम्वरमा अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटी रहन सफल भएको छ ।