(JAPAN) 21 st March | 2019 | Thursday | 2:23:11 PM
(Nepal) 21 st March | 2019 | Thursday | 11:08:11 AM
 

जापानमा नेपाली विद्यार्थीलाई खुशीको खवर-अब सेभेन ईलेभेन, फेमिलि मार्ट, लसन जस्ता कन्बिनियन्स स्टोरबाट पनि भिषा पाईने

  POSTED ON : Thursday, 14 March, 2019 | Views : 5351

जापानमा नेपाली विद्यार्थीलाई खुशीको खवर-अब सेभेन ईलेभेन, फेमिलि मार्ट, लसन जस्ता कन्बिनियन्स स्टोरबाट पनि भिषा पाईने


टोकियो ।

जापानले कन्बिनियन्स स्टोरमा काम गर्ने बिदेशीहरुको लागि पनि भिषा दिने भएको छ ।

यहाँको निक्केई अनलाईनले उल्लेख गरे अनुसार जापानका सेभेन ईलेभेन, फेमिलि मार्ट, लसन, सनकुस, मिनिस्टप लगायत दर्जन बढी कन्विनियन्स स्टोरहरुले कामदार अभावको कारण बिदेशीहरुलाई पनि भिषा उपलब्ध गराउन गरेको आग्रह अनुसार जापानले यस्तो कदम चाल्न लागेको हो ।

जापानमा बढ्दो कामदार अभावका कारण कन्विनियन्स स्टोरमा कामदारको अभाव बढ्न थालेको तथा भिषा उपलब्ध नहुँदा कामदारहरु छिटो छिटो परिवर्तन गरिरहन पर्दा समस्या बढेको यस्ता स्टोरहरुले जापान सरकारसँग समस्या राख्दै आएका थिए ।

जापानका कन्बिनी ग्रुपहरुले संयुक्त रुपमा गत सेप्टेप्बर महिनामा बिदेशीहरुलाई भिषा उपलब्ध गराईदिन माग राख्दै निवेदननै दिएका थिए ।

सोही निवेदनका आधारमा नयाँ यसअघि विदेशी कामदारका विषय जोडिएका १४ बिषयमा भिषा दिने निर्णय गरेपनि कन्बिनियन स्टोरहरुभने परेका थिएनन् ।

अब भने ढिलै गरि भएपनि जापानले कन्बिनिमा काम गर्ने बिदेशीहरुलाई भिषा दिने भएपछि नेपाल, भियतनाम, म्यानमार, चिन, थाईल्याण्ड लगायत आधा दर्जन देशका विशेषत विद्यार्थीहरु बढी लाभान्वित हुने भएका छन् ।

यसअघि जापानले कन्बिनियन्स स्टोरमा काम गर्ने बिदेशीलाई भिषा उपलब्ध नगराउँदा यस्ता स्टोरहरुले दोभाषे वा बिदेशमा कन्बिनि खोल्नको लागि प्रशिक्षण लगायत आधार बनाएर न्यून संख्यामा भिषा पाउँदै आएको थियो ।

अब कन्बिनियन्स स्टोरमा काम गर्ने बिदेशीले पनि कामदारको भिषा पाउनेभएपछि दशौं हजार बिदेशी विद्यार्थी लाभान्वित हुनसक्ने भएका छन् ।

हाल जापानका कन्विनियन्स स्टोरहरुमा ४० हजारको संख्यामा बिदेशीहरु काम गरिरहेको बताईन्छ । यसमध्ये अधिकाशं विद्यार्थीहरु रहेका छन् । जुन संख्या मध्ये करिव १० हजारको हाराहारीमा नेपालीहरु रहेको अनुमान गरिएको छ ।