(JAPAN) 21 st March | 2019 | Thursday | 3:18:44 PM
(Nepal) 21 st March | 2019 | Thursday | 12:03:44 PM
 

जापानको क्यूटेक विश्वविद्यालयले नेपालको पहिलो भूउपग्रह बैशाखमा प्रक्षेपण गर्ने

  POSTED ON : Monday, 04 March, 2019 | Views : 136

जापानको क्यूटेक विश्वविद्यालयले नेपालको पहिलो भूउपग्रह बैशाखमा प्रक्षेपण गर्ने


ललितपुर ।

नेपालको पहिलो भूउपग्रह आगामी बैशाख ४ गते प्रक्षेपण गरिने भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान 'नाष्ट' ले जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गर्नेबारे पुष्टि गरेको छ ।

आउँदो वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने नाष्टले जनाएको छ । नाष्टका उपकुलपति सानोबाबु श्रेष्ठका अनुसार करीब ४०० किलोमिटरमाथि आकाशबाट नेपालको भूउपग्रह प्रक्षेपण गर्ने तयारी भईरहेको छ ।

भूउपग्रह प्रक्षेपणको लागि नाष्टको कार्यालयमा यस सम्वन्धि विभिन्न योजना निर्माणको काम भइरहेको श्रेष्ठले बताउनुभयो ।

हालसम्म नेपालको आफ्नै भूउपग्रह नहुँदा नेपालले भारत लगायत विभिन्न देशको भूउपग्रहबाट तथ्यांकका आधारमा जानकारी संकलन गर्दै आएको थियो । अब नोपलको आफ्नै भूउपग्रह हुनेभएपछि नेपालले लिने गरेका विभिन्न तथ्य तथा तथ्याङ्क सङ्कलनमा खर्च हुने रकम जोगिनुका साथै ताजा र स्पष्ट नेपालको भूगर्विय तथ्यहरु प्राप्त गर्न सकिने नाष्टले जनाएको छ ।

भूउपग्रह प्रक्षेपणगछि नेपालले भावी दिनमा आफ्नै पहलमा सम्पूर्ण जानकारी लिन सक्ने छ । सो भूउपग्रहका माध्यमबाट अन्य देशले प्रक्षेपण गरेको भूउपग्रह नजीक पर्दा त्यसबाट पनि थप जानकारी संकलन गर्न सकिने नाष्टले जनाएको छ ।

नेपालको यो भूउपग्रह निर्माणमा जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली बैज्ञानिकहरुसमेत सहभागी छन् ।

जापानमा अध्ययनरत यि दुई नेपालीको सहयोगमा नेपाल आफ्नै भूउपग्रह प्रक्षेपण गर्दै