(Japan) 18 th April | 2024 | Thursday | 11:23:35 AM || (Nepal) 8:08:35 AM
 
 


नेपाकेन जापानी भाषा वक्तृत्वकला प्रतियोगितामा १४ जना अन्तिम प्रतिस्पर्धामा छनौट

  POSTED ON : Monday, 04 March, 2019 | Views : 4275

नेपाकेन जापानी भाषा वक्तृत्वकला प्रतियोगितामा १४ जना अन्तिम प्रतिस्पर्धामा छनौट


टोकियो ।

यसै महिनाको १७ तारिख आईतबार हुन लागेको आठौं संस्करणको जापानी भाषा वक्तृत्वकला प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको लागि १४ जना छनौट भएका छन् ।

नेपाकेन (नेपाल जापान अध्यायन केन्द्र) को आयोजनामा हुन लागेको जापानी भाषा वक्तृत्वकला प्रतियोगिताको तयारीका क्रममा केन्द्रले आवेदक मध्येबाट १४ जनाको नाम छनौट गरेको जनाएको छ ।

जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको जापानी भाषामा अभिवृद्धि गर्ने उदेश्य सहित आयोजना हुँदै आएको वतृत्वकला प्रतियोगितामा यसपटक बिजेताले प्रथम पुरस्कार ५० हजार जापानी येन सहित सम्मानपत्र पाउनेछ ।

यसैगरि द्धितियले ३० हजार तथा तृतिय हुनेले २० हजार नगद जापानी येन पाउने आयोजकले बताएको छ । यसबाहेक उपस्थित दर्शकको रोजाइमा पर्ने प्रस्तोताले अडियन्स पुरस्कार १० हजार येन पाउने भएको छ ।

प्रतियोगिता मार्च १७ तारिख दिउँसो १ बजेबाट टोकियोको रिस्योउ विश्वविद्यालयको सभाहलमा हुने भएको छ ।

मिति : २०१९-०३-१७ आईतबार

समय : १३:०० - १६:०० सम्म

स्थान : रिस्स्यो दाईगाकु सिनागावा क्याम्पस १४१-८६०२ टोक्यो तो सिनागावा कु ओसाकी ४-२-१६  ९ गोउकान चिखा २खाई

सम्बन्धित सामग्री: