(Japan) 29 th March | 2024 | Friday | 3:28:23 PM || (Nepal) 12:13:23 PM
 
 


अमेरिका, चीन, रुस लगायतलाई उछिन्दै जापान बन्यो विश्वको प्रभुत्वशाली देश

  POSTED ON : Sunday, 24 January, 2021 | Views : 15098

अमेरिका, चीन, रुस लगायतलाई उछिन्दै जापान बन्यो विश्वको प्रभुत्वशाली देश


टोकियो, जापान ।

हालैको एक अन्तर्राष्ट्रिय अध्ययनका अनुसार विश्‍वभर सबैभन्दा प्रभुत्वशाली देशमा जापान परेको छ । अमेरिका भने प्रमुख १० देशमा पनि परेको छैन ।

कोरोनाभाइरस महामारी सुरु भएको पछिल्लो ६ महिनाको अवधिमा फ्युचर ब्रान्डमा प्रकाशित विश्वव्यापी अध्ययनले यस्तो निचोड निकालेको हो । जापानसँगै दोस्रोमा स्वीजरल्याण्ड परेको छ । जबकि अमेरिका, चीन र रुस भने प्रमुख १० देशबाहिर परेका छन् ।

विश्वभरका प्रमुख कार्यकारी, कर्मचारीसहित माथिल्लो तहका २५ सयभन्दा धेरैको रोजाइ र तर्कलाई समेटेर उक्त अध्ययन तयार गरिएको बताइएको छ । उक्त अध्ययनले देशको गुणस्तर र ख्यातीलाई मुख्य जोड दिएको छ । जस अनुसार जापान पहिलोमा स्विजरल्यान्ड दोस्रो, तेस्रो नर्वे, चौँथो जर्मनी, क्यानडा पाँचौ, डेनमार्क छैटौं, फिनल्यान्ड सातौं, स्वीडेन आठौं, यूएई नवौं र न्युजिल्यान्ड दशौं स्थानमा छन् ।

प्रभुत्व जमाउने सहरमा भने अमेरिकाको न्युर्योक पहिलो स्थानमै छ । यस्तै चीनको बेइजिङ दोस्रो, अमेरिकाकै वासिङटन तेस्रो, लण्डन चौँथो, जापानको टोकियो पाँचौ, फ्रान्सको पेरिस छैटौं, रुसको मस्को सातौँ, चीनको साङ्घाई आठौं, दुबई नवौँ र जर्मनीको बर्लीन दशौं स्थानमा परेका छन् ।

विभिन्न अध्ययन अनुसार कोरोना महामारीपछि विश्वका कतिपय प्रभावशाली र बलियो अर्थतन्त्र भएका देशको अवस्था पनि जटिल जोखिममा पर्न थालेको छ । बढ्दो बेरोजगारी र असुरक्षासँगै समाज विभाजित हुन थालेको बताइन्छ । अमेरिकामा मात्रै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका लागि प्रमुख चुनौतीको रुपमा विभाजित समाज र खस्किँदै गरेको अर्थतन्त्रलाई लिइएको छ ।

-अन्नपूर्णपोस्ट