(Japan) 29 th March | 2024 | Friday | 2:46:11 PM || (Nepal) 11:31:11 AM
 
 


सोमालियामा अल सबाब अतिवादी समूहका कमाण्डर नेपाली नागरिक मारिएको दाबी

  POSTED ON : Sunday, 28 June, 2020 | Views : 2640

सोमालियामा अल सबाब अतिवादी समूहका कमाण्डर नेपाली नागरिक मारिएको दाबी


एजेन्सी ।

सोमालियामा त्यहाँको मुस्लिम अतिवादी समूह अलसबाबका कमाण्डरको मृत्यु भएको छ ।

सोमालियाको राष्ट्रिय रेडियोले बिहीबार भएको कारबाहीका क्रममा अल सबाबका लडाकुलाई तालिम दिने असरफ आज्मी अबु हामदान मारिएको बताएको छ ।

सोमालियाका सुरक्षा फौजको कारवाहीमा मारिएका असरफ नेपाली भएको रोयटर्स समाचार संस्थाले उल्लेख गरेको छ ।

हमदान सहित तीनजना लडाकुको दक्षिण सोमालियाको मध्य जुबा क्षेत्रमा ड्रोन आक्रमणमा मृत्यु भएको हो ।

समाचारमा असरफ अलसबाब इस्लामिस्ट समूहका बरिष्ठ लडाकु प्रशिक्षक भएको दाबी गरिएको छ ।

हमदानको मृत्युको समाचार बेलायती समाचार संस्था रोयटर्स सहित न्युयोर्क टाईम्स लगायत दर्जनौं अन्तर्राष्ट्रिय समाचार संस्थाले प्रकाशित गरेका छन् ।

सोमालियामा आफ्नै मुस्लिम सरिया कानुन स्थापनाको नाममा भइरहेको अतिवादी समुह अलसबाबको सम्पर्कमा नेपाली नागरिक हमदान कसरी पुगे भन्नेबारे केही खुलेको छैन ।

साथै उनको नेपालको परिचय बारे केही विवरण सार्वजनिक हुन सकेको छैन ।