(Japan) 2 nd April | 2020 | Thursday | 6:44:22 PM || (Nepal) 3:29:22 PM
 
 


Japansamachar COVID-19 (Coronavirus) World Live Update


Country Confirmed Today Cases Death Today Death Recovered Critical
USA 215300 297 5110 8 8878 5005
Italy 110574 0 13155 0 16847 4035
Spain 104118 0 9387 0 22647 5872
Germany 77981 0 931 0 18700 3408
France 56989 0 4032 0 10935 6017
Iran 47593 0 3036 0 15473 3871
UK 29474 0 2352 0 135 163
Switzerland 17768 0 488 0 2967 348
Turkey 15679 0 277 0 333 979
Belgium 13964 0 828 0 2132 1088
Netherlands 13614 0 1173 0 250 1053
Austria 10711 0 146 0 1436 215
S. Korea 9976 89 169 4 5828 55
Canada 9731 0 129 15 1736 120
Portugal 8251 0 187 0 43 230
Brazil 6931 51 244 2 127 296
Israel 6092 0 26 0 241 95
Australia 5106 58 23 0 345 50
Sweden 4947 0 239 0 103 393
Norway 4877 0 44 0 13 105
Czechia 3589 0 39 0 61 70
Ireland 3447 0 85 0 5 103
Denmark 3107 0 104 0 894 145
Chile 3031 0 16 0 234 31
Malaysia 2908 0 45 0 645 102
Russia 2777 0 24 0 190 8
Ecuador 2758 0 98 0 58 100
Poland 2554 0 43 0 56 50
Romania 2460 0 92 0 252 57
Japan 2384 0 57 0 472 69
Luxembourg 2319 0 29 0 80 31
Philippines 2311 0 96 0 50 1
Pakistan 2238 120 31 4 94 12
India 2032 34 58 0 148 0
Thailand 1771 0 12 0 505 23
Saudi Arabia 1720 0 16 0 264 31
Indonesia 1677 0 157 0 103 0
Finland 1446 0 17 0 300 62
Greece 1415 0 51 0 52 90
South Africa 1380 0 5 0 50 7
Mexico 1378 163 37 8 35 1
Peru 1323 0 47 9 394 49
Panama 1317 0 32 0 9 50
Dominican Republic 1284 0 57 0 9 0
Iceland 1220 0 2 0 236 12
Argentina 1133 0 33 1 248 0
Colombia 1065 0 17 0 39 47
Serbia 1060 0 28 0 42 62
Singapore 1000 0 4 1 245 24
Croatia 963 0 6 0 73 34
Algeria 847 0 58 0 61 0
Slovenia 841 0 15 0 10 31
Qatar 835 0 2 0 71 37
UAE 814 0 8 0 61 2
New Zealand 797 89 1 0 92 2
Ukraine 794 0 20 0 13 0
Egypt 779 0 52 0 179 0
Estonia 779 0 5 0 33 15
Hong Kong 766 0 4 0 147 5
Iraq 728 0 52 0 182 0
Diamond Princess 712 0 11 0 619 15
Morocco 654 0 39 0 29 1
Lithuania 581 0 8 0 7 11
Armenia 571 0 4 0 31 30
Bahrain 569 0 4 0 337 3
Hungary 525 0 20 0 40 17
Lebanon 479 0 14 0 43 5
Bosnia and Herzegovina 459 0 13 0 19 1
Latvia 446 0 0 0 1 3
Tunisia 423 0 12 0 5 10
Moldova 423 0 5 0 23 44
Bulgaria 422 0 10 0 20 18
Kazakhstan 402 22 3 0 26 6
Slovakia 400 0 1 0 3 1
Andorra 390 0 14 0 10 12
Costa Rica 375 0 2 0 4 9
Azerbaijan 359 0 5 0 26 7
North Macedonia 354 0 11 0 17 4
Uruguay 350 0 2 0 62 15
Taiwan 329 0 5 0 45 0
Cyprus 320 0 9 0 28 11
Kuwait 317 0 0 0 80 14
Burkina Faso 282 0 16 0 46 0
Réunion 281 0 0 0 40 3
Jordan 278 0 5 0 36 5
Albania 259 0 15 0 67 7
Afghanistan 237 0 4 0 5 0
San Marino 236 0 28 0 13 16
Cameroon 233 0 6 0 10 0
Vietnam 222 4 0 0 63 3
Honduras 219 47 14 4 3 4
Cuba 212 0 6 0 12 3
Oman 210 0 1 0 34 3
Ghana 195 0 5 0 31 1
Ivory Coast 190 0 1 0 9 0
Senegal 190 0 1 0 45 0
Malta 188 0 0 0 2 2
Uzbekistan 181 0 2 0 12 8
Nigeria 174 0 2 0 9 0
Faeroe Islands 173 0 0 0 75 1
Channel Islands 172 0 3 0 0 0
Belarus 163 0 2 0 53 2
Mauritius 161 0 6 0 0 1
Sri Lanka 146 0 3 0 21 5
Venezuela 144 0 3 0 43 6
Martinique 135 0 3 0 27 16
Palestine 134 0 1 0 18 0
Brunei 131 0 1 0 52 3
Guadeloupe 125 0 6 0 24 14
Montenegro 123 0 2 0 0 4
Georgia 117 0 0 0 23 6
Kyrgyzstan 116 5 0 0 5 5
Bolivia 115 0 7 0 1 3
Cambodia 110 1 0 0 34 1
DRC 109 0 9 0 3 0
Mayotte 101 0 1 0 10 3
Trinidad and Tobago 90 0 5 0 1 0
Rwanda 82 0 0 0 0 0
Kenya 81 0 1 0 3 2
Gibraltar 81 0 0 0 34 0
Paraguay 77 8 3 0 2 4
Niger 74 0 5 0 0 0
Liechtenstein 72 0 0 0 0 0
Isle of Man 68 0 1 0 0 0
Madagascar 57 0 0 0 0 6
Monaco 55 0 1 0 2 2
Aruba 55 0 0 0 1 0
Bangladesh 54 0 6 0 25 1
French Guiana 51 0 0 0 15 0
Guatemala 46 7 1 0 12 1
Barbados 45 0 0 0 0 0
Jamaica 44 0 3 0 2 0
Uganda 44 0 0 0 0 0
El Salvador 41 8 2 0 0 4
Macao 41 0 0 0 10 0
French Polynesia 37 0 0 0 0 1
Togo 36 0 2 0 10 0
Zambia 36 0 0 0 0 0
Djibouti 33 0 0 0 0 0
Bermuda 32 0 0 0 10 0
Mali 31 0 3 0 0 0
Guinea 30 0 0 0 0 0
Ethiopia 29 0 0 0 2 2
Congo 22 0 2 0 0 0
Cayman Islands 22 0 1 0 0 0
Saint Martin 22 0 1 0 2 0
Bahamas 21 0 1 0 1 0
Tanzania 20 0 1 0 1 0
Guyana 19 0 4 1 0 0
Maldives 19 0 0 0 13 0
Gabon 18 0 1 0 0 0
Myanmar 16 0 1 0 0 0
Sint Maarten 16 0 1 0 6 0
Haiti 16 0 0 0 1 0
New Caledonia 16 0 0 0 1 0
Equatorial Guinea 15 0 0 0 1 0
Eritrea 15 0 0 0 0 0
Mongolia 14 0 0 0 2 0
Namibia 14 0 0 0 2 0
Benin 13 0 0 0 1 0
Saint Lucia 13 0 0 0 1 0
Dominica 12 0 0 0 0 0
Curaçao 11 0 1 0 3 0
Syria 10 0 2 0 0 0
Greenland 10 0 0 0 2 0
Grenada 10 1 0 0 0 0
Laos 10 0 0 0 0 0
Libya 10 0 0 0 0 0
Mozambique 10 0 0 0 0 0
Seychelles 10 0 0 0 0 0
Suriname 10 0 0 0 0 0
MS Zaandam 9 0 2 0 0 0
Guinea-Bissau 9 0 0 0 0 0
Eswatini 9 0 0 0 0 0
Angola 8 0 2 0 1 0
Zimbabwe 8 0 1 0 0 0
Saint Kitts and Nevis 8 0 0 0 0 0
Sudan 7 0 2 0 2 0
Antigua and Barbuda 7 0 0 0 0 0
Chad 7 0 0 0 0 0
Fiji 7 2 0 0 0 0
Cabo Verde 6 0 1 0 0 0
Mauritania 6 0 1 0 2 0
Vatican City 6 0 0 0 0 0
Liberia 6 0 0 0 0 0
St. Barth 6 0 0 0 1 0
Turks and Caicos 6 0 0 0 0 0
Nicaragua 5 0 1 0 0 0
Nepal 5 0 0 0 1 0
Bhutan 5 1 0 0 1 0
Montserrat 5 0 0 0 0 0
Somalia 5 0 0 0 1 0
Botswana 4 0 1 0 0 0
Gambia 4 0 1 0 2 0
Belize 3 0 0 0 0 0
British Virgin Islands 3 0 0 0 0 0
CAR 3 0 0 0 0 0
Anguilla 2 0 0 0 0 0
Burundi 2 0 0 0 0 0
Caribbean Netherlands 2 0 0 0 0 0
St. Vincent Grenadines 2 0 0 0 1 0
Sierra Leone 2 0 0 0 0 0
Papua New Guinea 1 0 0 0 0 0
Timor-Leste 1 0 0 0 0 0
China 81554 0 3312 0 76238 466
More

अमेरिकामा कोरोना संक्रमणबाट पॉचथरका एक जना नेपालीको मुत्यु, तीन जना संक्रमित

  POSTED ON : Wednesday, 25 March, 2020 | Views : 174

अमेरिकामा कोरोना संक्रमणबाट पॉचथरका एक जना नेपालीको मुत्यु, तीन जना संक्रमित


न्युयोर्क, अमेरिका ।

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक जना नेपालीको मृत्यु भएको छ ।

न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बसोबास गर्दै आएका ५० बर्षिय अनिल लिम्बुको कोरोना भाईरसको संक्रमणबाट मृत्यु भएको हो ।

नेपाल पाँचथर रानीगाउँ घर भएका लिम्बु करिव २० बर्षदेखि अमेरिकामा सपरिवार बसोबास गर्दै आएका थिए ।

लिम्बुका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । लिम्बुले केही समय देखी मधुमेह र ब्लड प्रेसरको औषधी सेवन गर्दै आएको परिवार श्रोतले जानकारी दिएको खसोखास अनलाइनले समाचार प्रकाशन गरेको छ ।

जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङका अनुसार उनको परिवारका सबै जनालाई सक्रमण भेटिएको छ, परिवारका बाँकी सदस्य घरमै बसिरहेका छन् ।

लिम्बु एकसाता अगाडि ज्वरो आएपछि अस्पतालमा गएका थिए ।

प्रारम्भिक चेकअपपछि कोरोना संक्रमणको आशंकामा अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि ६ दिन अगाडि आएको रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । तीनदिनदेखि भने स्वास्थ्यस्थीति गम्भिर भएकाले भेन्टिलेटरमा राखिएको थियो ।

न्युयोर्कको ज्याक्सनहाइट ९० स्ट्रीटमा बस्दै आएका उनीसँग परिवारका सदस्यहरुलाई पनि भेट्न दिइएको थिएन । उनीहरुले डाक्टर र नर्ससँग कुराकानी गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका थिए ।

न्युयोर्कको ज्याक्सनहाइटमा बस्ने नेपाली उबर चालकमा पनि कोरोना संक्रमण भएको पुष्टी भएपछि एल्हमस्र्ट अस्पतालमा भर्ना गरिएको र भेन्टिलेटरमा राखिएको  छ ।

पारिवारिक श्रोतका अनुशार सुरुमा ज्वरो आएपछि उनी प्राइमरी केयर डाक्टरकोमा गएका थिए र चारदिनपछि फ्लोअपमा बोलाएको थियो । चारदिन पछि फ्लोअपमा बोलाएर एन्टीबायोटिक औषधी दिएको थियो तर एन्टीबायोटिक औषधी खाइसकेपछि झन् च्यापेपछि उनीहरु हिडेरै ज्याक्सनहाइटमा रहेको अर्जेन्ट केयर सीटीएमडीमा गएका थिए ।

त्यहाँ गएर चेक गर्दा अक्सिनको लेभल कम देखिएको र निमोनियाको संक्रमण भएको बताएको थियो । सीटीएमडीले अस्पताल जान रिफर गरेपछि उनीहरु हिडेरै एल्महस्र्ट अस्पताल गएका थिए ।

अघिल्लो शनिबार एल्महस्र्ट अस्पतालमा उपचारका लागि गएकोमा अस्पतालमा भर्ना गरेको थियो । उनकी श्रीमतिले भनिन् त्यसपछि हाम्रो फोनमा कुरा भइरहेको थियो । स्वासप्रश्वासमा अलिअलि समस्या भएको थियो तर सोमबार विहान फोन गर्दा फोन नै लागेन । त्यसपछि म आत्तिएँ । दिउसो सम्म कुर्दा पनि फोन नलागेपछि म आफै अस्पताल गएँ ।

अस्पतालमा जाँदा अर्को तलामा लगेको बताएको र भेट्न जान नदिएको उनले बताइन् । फोन गर्नका लागि नम्बर दिएपछि फोन गरेर भेट्न जाँदा भेन्टिलेटरमा राखिसकेको थियो ।

मंगलबार दिउसो फोन गर्दा अक्सीजन लेभल माथि आएको बताएको र बुधबार फोन गर्दा कम भएको बताएको उनले बताइन् । विहिबार कोरोना संक्रमणको पुष्टी भएपछि अस्पतालले नशाबाट दिने सेन्टरलाइन औषधी चलाउनका अनुमति मागेको र आफूहरुले परिवारमा सल्लाह गरेर उक्त औषधी चलाउन अनुमति दिएको श्रीमतिले बताइन् ।

शुक्रबार बेलुका र शनिबार बेलुका अवस्था स्थीर रहेको चिकित्सकले बताएका छन् । तर अहिले पनि भेन्टिलेटरमा नै राखेर उपचार गरिएको छ । उनले न्युयोर्कमा उबर चलाउँदै आएपनि कोरोनाको त्रासका कारण १५ दिन अगाडि देखि नै उबर चलाउन छाडेका थिए ।

४७ बर्षका ती नेपालमा विगतमा अरु कुनै स्वास्थ्य समस्या नभएको तर प्रेसरको औषधी खाने गरेको पारिवारिक श्रोतले बताएको छ । श्रीमतिलाई अहिलेसम्म कुनै लक्षण देखिएको छैन । डाक्टरहरुले घरमै बस्न र आराम गर्न सुझाव दिएका छन् ।

उनलाई कसरी संक्रमण भयो भन्नेबारे केही खुलेको छैन ।


भर्जिनियाको फेयरफ्याक्समा ३८ बर्षकी नेपाली महिलामा कोरोना पोजेटिभ

भर्जिनियाको फेयरफ्याक्समा बस्दै आएकी एकजना ३८ बर्षकी नेपाली महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । दुईदिन अगाडि आएको रिपोर्टमा कोरोनाको सक्रमण पुष्टी भएको हो ।

अवस्था सामान्य रहेकाले चिकित्सकहरुले घरमा नै सेल्फ क्वारेन्टाइन्मा बस्न सुझाव दिएका छन् । चिकित्सकको सुझाव अनुशार ती महिला घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेको र अवस्था गम्भिर भने नभएको जनाइएको छ ।

सुरुमा ज्वरो आएपछि र खोकी लागेपछि उनी उपचारका लागि अस्पताल गएकी थिइन् । तर अस्पतालले ज्वरो सामान्य भएको र खोकी लाग्दैमा कोरोना संक्रमण नहुने भन्दै चेकजाँच गर्न नमानेको जनाइएको छ ।

त्यसपछि चेकजाँचका लागि अर्को स्थानमा सम्पर्क गर्दा विशेष पार्किंग लटमा नै रोकेर, विभिन्न सावधानीहरु अपनाएर चेक गर्ने स्थानमा लगिएको र सुरुमा इन्फ्लुएन्जाको चेक गर्दा नेगेटिभ देखिएपछि कोरोना भाइरसको परीक्षण गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

कोरोनाको संक्रमण पुष्टी भएपनि चिकित्सिकहरुले घरमै आरा मगर्न सुझाव दिएका छन् । तर एकदमै गाह्रो भयो भने अस्पतालमा आउन सुझाव दिइएको छ ।

ती महिलाले काम गर्ने स्थलमा पनि अरु कसैलाई अहिलेसम्म संक्रमण पुष्टी नभएको जनाइएको छ । कार्यस्थल भींडभाड हुने स्थान पनि नभएकाले लिफ्ट वा अन्य कुनै सतहबाट कोरोना संक्रमण भएको आशंका गरिएको छ । उनको परिवारमा अरु तीनजना सदस्यहरु रहेका छन् ।


ज्याक्सनहाइट बस्ने अर्का नेपालीमा कोरोना पोजेटिभ, परिवारका सदस्यमा समेत लक्षण

न्युयोर्कको ज्याक्सनहाइटमा बस्ने अर्का एकजना ५५ बर्षका नेपालीमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ । तीनदिन अगाडि परीक्षण गरिएको कोरोना परीक्षणको नतिजा आजै प्राप्त भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

पारिवारिक श्रोतले भन्यो आजै दिउसो डाक्टरले फोन गरेर कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ भएको बतायो । घरबाहिर नजान र घरमै सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिएको छ ।

न्युयोर्कको ज्याक्सनहाइटको सत्यनारायण मन्दिर नजिकै बस्दै आएका ती व्यक्ति चारदिन पहिले टाउको दुखेर एल्म्हस्र्ट अस्पतालमा चेकअपका लागि गएका थिए र दिनभर लाइनमा बसेका थिए ।

तर बेलुका पालो आइसकेपछि कोरोना संक्रमणको लक्षण नदेखिएको भन्दै कोरोना भारइरसको परीक्षण नगरी फिर्ता पठाइएको थियो ।

उनले भने – ‘मनले नमानेपछि फेरी अर्को ठाउँमा गएर चेकजाँच गराएँ । तीनदिनपहिले चेकजाँच गराएको थिएँ । आजै डाक्टरले फोन गरेर पोजेटिभ भएको जानकारी दिए । अस्पतालले पनि भर्ना लिन मानेन । के गर्ने निकै चिन्तामा छौं ।’

म्यानहटनमा काम गर्दै आएका उनले झण्डै एकसाता अगाडिमात्र काम छाडेका थिए । उनकी ४० कटेकी श्रीमति र २ जना छोरीहरु समेत रहेका छन् ।

श्रीमतिमा समेत कोरोना संक्रमणको लक्षण देखिएको जनाइएको छ । तर परिवारका अन्य सदस्यको भने परीक्षण गरिएको छैन । छोरीहरुलाई लक्षण देखिएको नदेखिएकोबारे केही बताइएको छैन ।